सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

भ्रष्टाचारको मुद्दा दायर भएपछि तीन दिनभित्र निलम्बन गर्नुपर्ने

images
शुक्रबार, माघ २६ २०८०
images
भ्रष्टाचारको मुद्दा दायर भएपछि तीन दिनभित्र निलम्बन गर्नुपर्ने

त्यस्तै अवकाश प्राप्त अधिकारी भएमा निवृत्तिभरण कार्यालयलाई त्यस्तो जानकारी दिनुपर्ने छ।

images
images

काठमाडौं- भ्रष्टाचार तथा अख्तियार दुरुपयोग गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता भएपछि सार्वजनिक पद धारणा गरेको व्यक्तिलाई तीन दिनिभित्र निलम्बन गर्नुपर्ने भएको छ। 

images
images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ मा दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो। नियमावलीको नियम २८ मा रहेको व्यवस्थामा थप गर्दै निलम्बनको व्यवस्था किटान गरिएको हो।

images
images

कुनै पनि सार्वजनिक पदमा बहाल रहेको व्यक्तिविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि सम्बन्धित निकायमा तीन दिनिभित्र जानकारी दिनुपर्ने व्यवस्था यसअघि नै रहेको थियो। 

images
images

नियम २८ को उपनियम २ थप गर्दै त्यसरी सूचना पुग्नेवित्तिकै सम्बन्धित व्यक्तिलाई पदबाट निलम्बन गर्नुपर्ने व्यवस्था गरिएको छ। यसरी निलम्बनको जानकारी अख्तियारलाई दिनुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ। 

हाल मुद्दा परेपछि निलम्बन गर्नुपर्ने अवधिक निर्धारण नभएको फाइदा उठाउँदै कतिपय पदाधिकारी लामो समयसम्म बहाल जस्तै हुने गरेको भन्दै अख्तियार नियमावली संशोधन गरेर अवधि नै निर्धारण गरिएको हो। 

त्यस्तै अवकाश प्राप्त अधिकारी भएमा निवृत्तिभरण कार्यालयलाई त्यस्तो जानकारी दिनुपर्ने छ। 

नियमावलीमा अख्तियारको सूचनास्रोत पत्रपत्रिका बाहेक अनलाइन सञ्चारमाध्यम हुने व्यवस्था गरिएको छ।

यसअघि उजुरी बाहेक अख्तियारले पत्रपत्रिकामा आएका समाचारलाई पनि सूचनाको रुपमा लिएर अनुसन्धान गर्नसक्ने व्यवस्था थियो। यसमा थप गर्दै अनलाइन सञ्चार माध्यम पनि समावेस भएको हो। 


प्रकाशित : शुक्रबार, माघ २६ २०८०११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend