आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

संसद् विकास कोष ब्युँताउन दर्ता भएको भ्याकेट निवेदनबारे जानकारी दिन सर्वोच्चको आदेश

images
बुधबार, माघ २४ २०८०
images
संसद् विकास कोष ब्युँताउन दर्ता भएको भ्याकेट निवेदनबारे जानकारी दिन सर्वोच्चको आदेश

अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै संघीय संसद् सचिवालयले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता गराएको थियो। सोही निवेदनमाथि आज सुनुवाइ गर्दै अदालतले रिट निवेदकलाई जानकारी दिन भनेको हो।

images
images

काठमाडौं- सर्वोच्च अदालतले संसद् विकास कोष ब्युँताउन दर्ता भएको भ्याकेट निवेदनबारे रिट निवेदकलाई जानकारी दिन आदेश गरेको छ।

images
images
images

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपना प्रधान र सुष्मालता माथेमाको संवैधानिक इजलासले आज भ्याकेट निवेदन परेकाबारे रिट निवेदक त्रिलोकबहादुर चन्दलगायतलाई जानकारी दिन आदेश गरेको हो।

images
images

आदेशमा भनिएको छ, 'यसमा यस अदालतबाट मिति २०८०/५/६ मा भएको अन्तरिम आदेश खारेज गरी पाऊँ भनी प्रत्यर्थी संघीय संसद्, काठमाडौंसमेतका तर्फबाट संघीय संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमको निवेदन पर्न आएकामा सो सम्बन्धमा रिट निवेदकलाई सूचना जानकारी दिइ नियमअनुसार पेस गर्नू।'

images
images

अधिवक्ता त्रिलोकबहादुर चन्दलगायतले संघीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन नगर्न माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न संघीय संसद् सचिवालय र सरकारका नाममा अन्तरिम आदेश गरेको थियो।

अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै संघीय संसद् सचिवालयले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता गराएको थियो। सोही निवेदनमाथि आज सुनुवाइ गर्दै अदालतले रिट निवेदकलाई जानकारी दिन भनेको हो। रासस


प्रकाशित : बुधबार, माघ २४ २०८०१८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend