आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

अरुण चौधरीसहित तीन जना थुनामुक्त

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २४ २०८०
images
अरुण चौधरीसहित तीन जना थुनामुक्त

बिहीबार पक्राउ गरिएका उनीहरूलाई सुरुमा ४ दिनको म्याद दिइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले सोमबार उनलाई थप म्याद थपका लागि अदालतमा ल्याएको थियो।

images
images

काठमाडौं- बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतबाट थुनामुक्त भएका छन्। 

images
images
images

यसअघि काठमाडौं जिल्ला अदालतले दुईदिनभित्र अनुसन्धान नसकिए थुनामुक्त गर्न आदेश दिएको थियो। सोही आदेश अनुसार नै उनीहरू आज थुनाकुक्त भएको प्रहरीले जानकारी दिएको छ। 

images
images

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीसहित चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो।

images
images

बिहीबार पक्राउ गरिएका उनीहरूलाई सुरुमा ४ दिनको म्याद दिइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले सोमबार उनलाई थप म्याद थपका लागि अदालतमा ल्याएको थियो। 

 


प्रकाशित : बुधबार, माघ २४ २०८०१२:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend