आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

साझाले किन्यो ५५ लाख ४९ हजारमै निसानको लिफ विद्युतीय कार

images
बुधबार, माघ २४ २०८०
images
साझाले किन्यो ५५ लाख ४९ हजारमै निसानको लिफ विद्युतीय कार

उक्त प्रस्तावअनुसार पायोनियरले ५५ लाख ४९ हजार रूपैयाँमा निसानको लिफ विद्युतीय कार उपलब्ध गराउने छ।

images
images

काठमाडौं- साझा यातायातले विद्युतीय कार खरिद गरेको छ। यातायातले मंसिर २१ गते विद्युतीय कार खरिद गर्न टेन्डर गरेको थियो। 

images
images
images

उक्त टेन्डरमा विभिन्न कम्पनीले प्रस्ताव गरेकोमा साझाले निसानको विद्युतीय कार बिक्री गर्ने पायोनियर मोटोकर्पको प्रस्ताव स्वीकृत गरेको हो।

images
images

साझा यातायातको यही माघ १० गते बसेको सञ्चालक समितिको बैठकले पायोनियर मोटोकर्प थापाथलीको प्रस्ताव स्वीकृत गरेको हो। उक्त प्रस्तावअनुसार पायोनियरले ५५ लाख ४९ हजार रूपैयाँमा निसानको लिफ विद्युतीय कार उपलब्ध गराउने छ।

images
images

साझा यातायातले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७(२)को प्रयोजनका लागि लाभग्राही मध्येबाट उपयुक्त कम्पनी छनोट गरेको हो।

निसानले केही वर्षअघि नै निसानको लिफ विद्युतीय कार नेपाली बजारमा बिक्री गर्दै आएको छ। कम्पनीका अनुसार हाल निसान लिफको सुरवाती बजार मूल्य ६४ लाख ९९ हजार रूपैयाँ रहेको छ।

निसान लिफमा ४० किलोवाट आवरको ब्याट्री प्याक रहेको छ भने एक पटकको फुल चार्जमा ३ सय ११ किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। निसान लिफ फुल चार्ज गर्न ७.५ घण्टा लाग्ने कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, माघ २४ २०८०११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend