बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै

मंगलबार, माघ २३ २०८०
पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै

फेवा किनारमा पाँच दिनसम्म आयोजना हुने यस वर्षको खुकुरी फ्रेन्ड्स अफ फेस्टिभलमा सांगीतिक सत्रका रुपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति रहने छ।

काठमाडौं- पोखरामा फेब्रुअरी १५ देखि १९ सम्म खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल हुने भएको छ।

फेवा किनारमा पाँच दिनसम्म आयोजना हुने यस वर्षको खुकुरी फ्रेन्ड्स अफ फेस्टिभलमा सांगीतिक सत्रका रुपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति, दोस्रो दिन कुटुम्ब ब्यान्ड, तेस्रो दिन, प्राडा ध्रुवेशचन्द्र रेग्मीसहित उनको समूह र द ब्लु फ्रेट ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डका प्रस्तुति रहनेछन्।

साहित्यिक र सांगीतिक अन्वेषणको यो नौलो यात्राको सुरुवातमा सहयोगको अपेक्षा गरिएको नेपाल लिटरेटर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले बताए। खुकुरी फ्रेन्ड्स अफ फेस्टिभलले आउँदा दिनमा साहित्य, काव्य र संगीतलाई अन्तरघुलन गर्दै यसमा विश्वास गर्ने विशेष समुदाय निर्माणको लक्ष्य राखेको छ।

यस कार्यक्रमलाई इभेन्ट एमएक्सले  व्यवस्थापन गर्नेछ।

सौन्दर्य र पानीरङको राजधानी पोखरालाई शब्दको सहर बनाउने ध्येयका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलमा विगत तीन संस्करणदेखि नेपाल डिस्टिलरीको पनि साथ रहँदै आएको छ।

‘जहाँ शब्दहरु जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले प्रत्येक संस्करणमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरुलाई सन् २०१६ देखि पोखरामा भेला गराइ समसामयिक विषयवस्तुमा अन्तरक्रिया र अन्तरसंवाद गर्दै आएको छ।


प्रकाशित : मंगलबार, माघ २३ २०८०१६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend