बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकद्वारा सत्यवती देवी विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

मंगलबार, माघ २३ २०८०
कामना सेवा विकास बैंकद्वारा सत्यवती देवी विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बैंकले जनाएको छ।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले तनहुँको सत्यवती देवी आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तनहुँको डुम्रेमा रहेको शाखा कार्यालयमार्फत सालबिस्ने स्थित श्री सत्यवती देवी आधारभूत विद्यालयलाई एक कार्यक्रमबीच शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको हो।

बैंकका शाखा कार्यालय डुम्रेका शाखा प्रमुख बलराम लम्सालले श्री सत्यवती देवी आधारभूत विद्यालयको प्रधानाध्यापक ईश्वर बहादुर देवकोटाको उपस्थितिमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीयका साथै बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ। 


प्रकाशित : मंगलबार, माघ २३ २०८०१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend