आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

पुसमा फेरि उकालो लाग्यो मूल्यवृद्धि

images
मंगलबार, माघ २३ २०८०
images
पुसमा फेरि उकालो लाग्यो मूल्यवृद्धि

मूल्यवृद्धिको चापले गर्दा मौद्रिक व्यवस्था नै खलबिलिएको छ। पुँजी अभाव हुँदै जाँदा त्यसको असर मूल्यवृद्धिमा परेको थियो।

images
images

काठमाडौं- मंसिरमा गएको दुई वर्षकै न्यून बिन्दुमा झरेको मूल्यवृद्धि पुसमा फेरि उकालो लागेको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिरमा  मुद्रास्फीति ४.९५ प्रतिशतमा झरेको थियो पुसमा फेरि ५.२६ प्रतिशतमा पुगेको छ।  गत वर्षको पुसको तुलनामा यो वर्षको पुसमा मूल्यवृद्धि  ५.२६ प्रतिशतले बढेको छ। 

images
images

यसअघि आर्थिक वर्ष २०७८/७९ को असोजमा ४.२४ प्रतिशत मूल्यवृद्धि थियो। सोही वर्षको कात्तिकपछि उकालो लागेको मूल्यवृद्धि ८.६४ प्रतितशतसम्म पुगेको थियो। यही वर्षको मंसिरमा ५ प्रतिशतभन्दा तल झरेको थियो। 

images
images

फेरि पुसदेखि मूल्यवृद्धि उकालो लागेको छ। 

मूल्यवृद्धिको चापले गर्दा मौद्रिक व्यवस्था नै खलबिलिएको छ। पुँजी अभाव हुँदै जाँदा त्यसको असर मूल्यवृद्धिमा परेको थियो। 

यो वर्ष सरकारले वार्षिक औसत मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ। छ महिनाको औसत भने ६.४७ प्रतिशत रहेको छ। 


प्रकाशित : मंगलबार, माघ २३ २०८०१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend