आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

दुई दिनभित्र अनुसन्धान नसकिए अरूण चौधरीलाई जमानीमा छाड्न आदेश

images
सोमबार, माघ २२ २०८०
images
दुई दिनभित्र अनुसन्धान नसकिए अरूण चौधरीलाई जमानीमा छाड्न आदेश
images
images

काठमाडौं- बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिनभित्र अनुसन्धान नसकिए जमानीमा छाड्ने जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

images
images
images

सोमबारले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालतल काठमाडौंले अनुमति दिएको हो। तर अबको दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोडेर अनुसन्धान गर्न अदालतले आदेश गरेको हो।

images
images

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीसहित चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो।

images
images

बिहीबार पक्राउ गरिएका उनीहरूलाई सुरुमा ४ दिनको म्याद दिइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले सोमबार उनलाई थप म्याद थपका लागि अदालतमा ल्याएको थियो। 

'दुई दिनका लागि म्याद थपिएको छ, दुई दिनमा अनुसन्धान नसकिए जमानीमा छोड्नू भन्ने आदेश छ' काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बिजनेस न्युजलाई जानकारी दिए। 

बिहीबार नै वरिष्ठ अधिवक्ता शम्भु थापाले अरुण चौधरीलाई चाहिएको बेलामा उपस्थित हुने गरी रिहा गर्नुपर्ने बताएका थिए।

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका उद्योगपति चौधरीलाई थुनामा राखिरहन नपर्ने जनाउँदै थापाले चाहिएको बेलामा उपस्थित हुनेगरी रिहा गर्नुपर्ने जिकिर गरेका थिए।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा चौधरीलाई रिहा गर्दैमा कुनै प्रमाण नष्ट हुने सम्भावना नरहेकोले म्याद थप गरिरहन आवश्यक नभएको थापाको भनाइ थियो।

सार्वजनिक सूचना प्रकाशित गरेर बिक्री गरेको सेयर किनेकै आधारमा जग्गा निजीकरण गरेर खायो भन्नु गलत हुनेसमेत वरिष्ठ अधिवक्ता थापाले तर्क थियो। नाममात्रको अभियोग लगाउने हो भने जसलाई लगाए पनि हुने भन्दै उनले भनेका थिए, ‘सार्वजनिक सम्पत्ति खाएको होइन, अक्सनमा सेयर किनेको हो।’


प्रकाशित : सोमबार, माघ २२ २०८०२०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend