आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

जिल्ला अदालतको इजलासमा शम्भु थापाले भने - अरुण चौधरीलाई थुनामा राखिरहनु पर्दैन

images
सोमबार, माघ २२ २०८०
images
जिल्ला अदालतको इजलासमा शम्भु थापाले भने - अरुण चौधरीलाई थुनामा राखिरहनु पर्दैन

म्याद थप गर्नका लागि मनासिव आधार र कारण पनि लिनुपर्ने भन्दै उनले ठगी र किर्ते भनेर अभियोग लगाउन खोज्नु ठीक नभएको बताए।

images
images

काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले अरुण चौधरीलाई  चाहिएको बेलामा उपस्थित हुने गरी रिहा गर्नुपर्ने बताएका छन्। 

images
images
images

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका उद्योगपति चौधरीलाई थुनामा राखिरहन नपर्ने जनाउँदै थापाले चाहिएको बेलामा उपस्थित हुनेगरी रिहा गर्नुपर्ने बताएका हुन्। 

images
images

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा थापाले चौधरीलाई रिहा गर्दैमा कुनै प्रमाण नष्ट हुने सम्भावना नरहेकोले म्याद थप गरिरहन आवश्यक नभएको बताए। 

images
images

सार्वजनिक सूचना प्रकाशित निकालेर बिक्री गरेको सेयर किनेकै आधारमा जग्गा निजीकरण गरेर खायो भन्नु गलत हुनेसमेत वरिष्ठ अधिवक्ता थापाले तर्क गरे। नाममात्रको अभियोग लगाउने हो भने जसलाई लगाए पनि हुने भन्दै उनले भने, ‘सार्वजनिक सम्पत्ति खाएको होइन, अक्सनमा सेयर किनेको हो।’

चौधरीलाई बदनियतपूर्ण तरिकाले पक्राउ गरी हिरासतमा राखिएको थापाको तर्क छ। म्याद थप गर्नका लागि मनासिव आधार र कारण पनि लिनुपर्ने भन्दै उनले ठगी र किर्ते भनेर अभियोग लगाउन खोज्नु ठीक नभएको बताए। प्रतिष्ठित उद्योगी चौधरी भाग्दैनन् भनेर आफू जिम्मा लिन तयार रहेको पनि थापाले बताए। 

तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना भएको आरोपमा प्रहरीले चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ। अदालतले सोमबार अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

यसअघि गएको बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। 


प्रकाशित : सोमबार, माघ २२ २०८०१७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend