आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

प्रतिनिधिसभामा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाउ आदेश पेस

images
सोमबार, माघ २२ २०८०
images
प्रतिनिधिसभामा  आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाउ आदेश पेस
फाइल तस्बिर

अध्यादेशमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्व छलफलका लागि समयावधि अगाडि सार्नेलगायत व्यवस्था समावेश छन्।

images
images

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाउ आदेश पेस भएको छ।

images
images
images

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस गरेका हुन्। उक्त अध्यादेशमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्व छलफलका लागि समयावधि अगाडि सार्नेलगायत व्यवस्था समावेश छन्।

images
images

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम ती आयोगको अवधि थप्नेसम्बन्धी बाधा अड्काउ फुकाउ आदेश पेस गरे।

images
images

प्रतिनिधिसभाको अर्काे बैठक यही माघ २४ गते बुधबार बिहान ११ बजे बस्नेछ। रासस


प्रकाशित : सोमबार, माघ २२ २०८०१७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend