आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

बाँझो जग्गा सदुपयोग गर्न बागलुङ नगरपालिकाले थाल्यो फलफूलखेती अभियान

images
सोमबार, माघ २२ २०८०
images
बाँझो जग्गा सदुपयोग गर्न बागलुङ नगरपालिकाले थाल्यो फलफूलखेती अभियान

प्रत्येक वडाको भूगोल र हावापानी सुहाउँदो फलफूलका बिरुवा रोप्ने कार्यक्रमअन्तर्गत समुद्र सतहदेखि एक हजार पाँचसय मिटरभन्दा माथिल्लो भागमा सुक्खा फलफूलखेती गर्न थालिएको छ।

images
images

गलकोट- बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोगको अभियान थालेको छ। नगरपालिकाका तित्याङ, मालिका, सिगाना र रायडाँडालगायतमा ओखर र किबीखेती सुरु गरिएको हो। 

images
images
images

नगरपालिकाले बाँझो जग्गामा रहेका कुकाठ हटाइ सुक्खा फलफूलखेतीका लागि स्थानीयलाई प्रेरित गर्दै आएको छ।

images
images

बसाइँसराइलगायतका कारणले जनशक्ति अभावसँगै खेतीयोग्य जमिन बाँझिदै गएको छ। बाँझो जग्गामा उम्रेका रुख तथा झाडी हटाएर ओखर र किबीखेती गर्न थालिएको हो। वडा नं ९ तितङमा दुई वर्षदेखि फलफूल प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको नगरपालिकाले यसवर्ष ओखर खेती सुरु गरेको हो।

images
images

तित्याङको ४२ रोपनी खेतीयोग्य जग्गामा ओखरखेतीका लागि दुईसय ५० बिरुवा लगाइसकिएको नगरपालिकाले जनाएको छ। साथै सिगाना, मालिका र रायडाँडामा कुल एकसय ५० रोपनी जग्गामा पहिलो चरणमा ओखरखेती सुरु गरिएको नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

'पहिलो चरणमा ओखरखेती गरिएको र दोस्रो चरणमा किबीखेतीका लागि स्थानीयलाई बिरुवा वितरण गर्ने नगरपालिकाको योजना छ', प्रमुख श्रेष्ठले भने, 'यसको उद्देश्य बाँझो जग्गा सदुपयोगसँगै स्थानीयवासीलाई आयआर्जनमा जोड्नु हो।'

चालु आर्थिक वर्षमा २० लाख ४० हजार रूपैयाँ बजेटबाट ओखर र किबीखेती विस्तार गर्न थालिएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले बताए।

सिँचाइको समस्या रहेका स्थानमा फलफूलखेती राम्रो गर्न सकिने भएकाले स्थानीयलाई त्यसतर्फ अग्रसर गराइएको नगरपालिकाका कृषि प्राविधिक राहुल केसीले बताए। 'गाउँमा धेरै जग्गा बाझिँदै गएको छ, बाँझो जग्गामा फेरि खाद्यबाली लगाउन समस्या हुन्छ, उब्जनी थोरै हुने भएपछि किसान खाद्यबालीमा आकर्षित छैनन्', उनले भने, 'फलफुलखेतीमार्फत स्थानीयलाई गाउँमै टिकाउने प्रयास पनि हो।'

फलफूल प्रवर्द्धन तथा ड्राइफ्रुट खेती विस्तार अभियानअन्तर्गत ७० प्रतिशत नयाँ बिरुवा लगाउने र ३० प्रतिशत पुरानो बगैँचा व्यवस्थापन गर्न सकिने केसीको भनाइ छ। नगरपालिकाले यसवर्ष लगाउने भनेको एक हजार पाँच सयमध्ये दुई सय ५० बिरुवा लुम्बिनी वर्ल्ड पिस फोरमले उपलब्ध गराएको हो।

तित्याङमा दुईसय ५० ओखरका बिरुवा लगाइएको छ भने मालिकामा पाँचसय ओखरका बिरुवा लगाउन पठाइएको छ। ओखरका विरुवा सुक्खा फलफुल विकास केन्द्र बैतडीबाट ल्याइएको केसीको भनाइ छ। 

सुक्खा फलफूल खेती अभियान प्रत्येक वडामा क्रमशः लागु हुने नगरपालिकाले जनाएको छ। प्रत्येक वडाको भूगोल र हावापानी सुहाउँदो फलफूलका बिरुवा रोप्ने कार्यक्रमअन्तर्गत समुद्र सतहदेखि एक हजार पाँचसय मिटरभन्दा माथिल्लो भागमा सुक्खा फलफूलखेती गर्न थालिएको छ। ओखरले पाँच वर्षमा उत्पादन दिन थाल्ने कृषि प्राविधिक बताउँछन्। रासस 


प्रकाशित : सोमबार, माघ २२ २०८०१७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend