आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

टेलिकमले विश्व परिवेशलाई ध्यान दिएर सेवाको गुणस्तर बढाउनुपर्छ : मन्त्री शर्मा

images
सोमबार, माघ २२ २०८०
images
टेलिकमले विश्व परिवेशलाई ध्यान दिएर सेवाको गुणस्तर बढाउनुपर्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्वाधार कम्पनी, आईटी कम्पनी स्थापनाका साथै नमस्ते पेको व्यापारमा विस्तार गर्ने बारेमा आवश्यक गृहकार्य गर्न पनि टेलिकमलाई आग्रह गरिन्।

images
images

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताएकी छिन्।

images
images
images

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपाल टेलिकम सरकारको अधिकांश स्वामित्व भएको संस्था भएकाले सरकारको उद्देश्य र कार्यक्रमलाई अवलम्बन गरी सूचना प्रविधिको तीव्र विकास भइरहेको आजको विश्व परिवेशमा टेलिकमले नीति तथा गुणस्तरमा सुधार गर्नुपर्ने बताएकी हुन्।

images
images

फोरजी सेवाको विस्तार र यसको उपयोगमा उल्लेखनीय वृद्धि, अप्टिकल फाइबर योजनाहरु यथाशीघ्र सम्पन्न, सेवाको गुणस्तरमा उल्लेखनीय वृद्धिमा जोड दिँदै एफटीटीएच व्यवसायको आक्रामक विस्तार, आय चुहावटको नियन्त्रण, एसएमएस गेटवे उचित दरमा दिने गरी विस्तार गर्न आग्रह गर्दै मन्त्री शर्माले पूर्वाधार कम्पनी, आईटी कम्पनी स्थापनाका साथै नमस्ते पेको व्यापारमा विस्तार गर्ने बारेमा आवश्यक गृहकार्य गर्न पनि टेलिकमलाई आग्रह गरिन्।

images
images

यसबाहेक कम्पनीमा भइराखेका अनुत्पादक खर्च नियन्त्रण गर्न र कम्पनीको हालको अवस्थाअनुसार कम्पनीले आगामी दिनहरुमा लिने पहलहरुमा सुक्ष्मरुपमा अध्ययन गरेर बजारको आजको अवस्था र आगामी दिनहरुमा आईपर्ने कुराहरुलाई ध्यानमा राखी दीर्घकालीन व्यावसायिक योजना तयार गर्न उनले टेलिकमलाई आग्रह गरिन्।

उनले सेवामा गुणस्तर कायम गर्न टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरुको मर्मत सम्भारलाई थप चुस्त र प्रभावकारी बनाउन बिहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने, टेलिकमका सम्पूर्ण सेवालाई नमुना दूरसञ्चार सेवाको रुपमा विकास गर्न यो वर्ष १९ जिल्लालाई छनोट गरिएको र सबै राजमार्गहरुमा पहुँच र गुणस्तरीय सेवा विस्तारको कार्यक्रम राखिएको जानकारी दिइन्।

यो वर्ष सस्तो दरमा इन्टरनेटको अन्तर्राष्ट्रिय व्याण्डविथ सेवा खरिद भएको जानकारी दिँदै उनले भनिन्, ‘तर हामी यतिमै सन्तुष्ट हुने अवस्था छैन। हामीले अघि सारेका सेवा प्रवाहमा सुधार र आय वृद्धिका कार्य योजनाहरुको प्रगतिको पनि स्मरण र मूल्यांकन गर्ने बेला हो। हासिल हुन नसकेको बाँकी उपलब्धिको कारण पहिल्याइ कमीकमजोरीमा सुधार गरी थप कार्ययोजना र ऊर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ।’

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै मन्त्री शर्माले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै भएकाले सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुककका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरु परिलक्षित रहेको बताइन्।

दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अघि बढाइएको जानकारी दिँदै उनले लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानून संशोधनदेखि एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छानबिन गरी प्रतिवेदन लिनेलगायतका काम सरकारले गरेको बताइन्।

टेलिकमको गुणस्तर सुधार र विकासमा कर्मचारीको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले कर्मचारीले पाउनुपर्ने सबै सुविधा कम्पनी लिने र कर्मचारीले पनि आफ्नो पेसागत दायित्वलाई राष्ट्रिय दायित्व सम्झेर काम गर्नुपर्ने बताइन्। रासस


प्रकाशित : सोमबार, माघ २२ २०८०१५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend