बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

सम्हालियो सेयर बजार, लगातारको गिरावटपछि लय समाउँदै

images
सोमबार, मंसिर २० २०७८
images
सम्हालियो सेयर बजार, लगातारको गिरावटपछि लय समाउँदै
images
images

काठमाड‌ौं- भारी अंकले गिरावट आइरहेको सेयर बजार परिसूचक नेप्से साताको दोस्रो दिन उतार चढावकाबीच बढेको छ। कारोबार सुरु भएको केही समयमै ७४ अंकले घटेको बजार बन्द हुने समयमा भने दोहोरो अंकले बढेर बन्द भएको छ। 

images
images
images

सोमबार सेयर बजार ३२.२२ अंकले बढेर २५४६.०९ बिन्दुमा पुगेको छ। सोमबार ९४ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ। 

images
images

सोमबार कारोबार रकमसमेत बढेका कारण अब बजार सम्हालिएर अगाडि बढ्ने तरखर गरेको बिश्लेषकहरूले अनुमान गरेका छन्। सेयर बजारको प्राविधिक पक्षले २५०० भन्दा तल नझर्ने देखाउँदासमेत यसअघि अनुमानभन्दा तल झरेपछि लगानीकर्ता आत्तिएका थिए। 

images
images

सोमबार सुरुमा बिक्रीको चाप परे पनि केही समयमै खरिदकर्ताहरू झुम्मिएका थिए। जसका कारण अधिकांश कम्पनीको सेयर बढेको छ। आइतबार बजार ७२.३० अंकले घटेर २५१३.८९ बिन्दुमा झरेको थियो। यसअघि मंसिर १२ गते बजार ८०.२९ अंकले घटेको थियो। 

market review asoj.jpg

मौद्रिक नीतिको समीक्षा हुनअगाडि मंसिर ९ गते बजार २७३१.७८ मा रोकिएको थियो। मौद्रिक नीतिको समीक्षापछि बजारमा २१७.८९ अंकले गिरावट आइसकेको थियो।

सेयर धितो राखेर लिइने कर्जामा ४/१२ करोडको सीमा मौद्रिक नीतिको समीक्षामा परिमार्जन नभए पनि त्यसले सेयर बजारमा ठूलो असर नगर्ने विश्लेषकहरूले बताउँदै आइरहेका थिए। सेयर बजार धेरै तल नझर्ने विश्लेषकहरूको दाबी गलत साबित हुने गरी सेयर बजार अनुमानभन्दा बाहिर पुगेको थियो। तर सोमबार बजार सम्हालिएपछि अब केही उचाइमा जाने अनुमानसमेत गरिएको छ।

४/१२ को नीतिले त्रसित बनेका साना लगानीकर्ताहरू अधिकांश सेयर बिक्री गरेर बाहिरिएका छन्। जसको फाइदा ठूला लगानीकर्ताहरूले सेयर खरिद गर्न थालेको अनुमान गरिएको छ।

अब ठूलाले सेयर खरिद गर्न थालेपछि स्वत: बजार बढ्ने अनुमान गरिएको छ। विश्लेषकहरूले बजार २६ सयभन्दा तल नझर्ने दाबी गरेका थिए। तर मौद्रिक नीतिको समीक्षापछिको ६ दिनको कारोबारमा एक दिन झिनो अंकले बढेको बजार अन्य दिन भने निरन्तर ओरोलो लागिरहेको थियो। सोमबारको ३२.२२ अंकको बढोत्तरीले लगानीकर्ता केही सम्हालिएका छन्। 


प्रकाशित : सोमबार, मंसिर २० २०७८०९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend