बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन दिने समय सकियो, सञ्चारमन्त्रीका सल्लाहकार पनि प्रतिस्पर्धामा

आइतबार, माघ २१ २०८०
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन दिने समय सकियो, सञ्चारमन्त्रीका सल्लाहकार पनि प्रतिस्पर्धामा

अध्यक्ष पदका लागि ३० वर्ष उमेर पूरा भइ ६५ वर्ष पार नभएका नेपाली नागरिक यसमा योग्य हुने भएका छन्। त्यस्तै शैक्षिक तथा अनुभवको आवश्यकतामा भने सरकारी र गैरसरकारी व्यक्तिका लागि फरक तोकिएको छ।

काठमाडौं-  दूरसञ्चार क्षेत्रको नियामक दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि सरकारले माग गरेको आवेदन दिने समय सकिएको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा अध्यक्ष छनौट तथा सिफारिस समिति गठन भएपछि मन्त्रालयले योग्यता पुगेका इच्छुकहरूबाट माग गरिएकोमा अहिलेसम्म २४ जनाले आवेदन दिएको स्रोतले जानकारी दिएको छ। 

आवेदन दिनेहरुमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सञ्चार सल्लाहकार भुपेन्द्र भण्डारीसमेत रहेका छन्। अवकाश प्राप्त कर्मचारीहरू धेरैले आवेदन दिएका छन्। पूर्व सहसचिवहरूले यसमा धेरै आवेदन दिएका छन्। 

यसअघिको अध्यक्ष छनौटको अन्तिम तीन जनामा सर्टलिस्टेट भएका सुरेशकुमार कार्कीले यो पालि पनि आवेदन दिएका छन्।  त्यस्तै दामोदर रेग्मी, अनिल झा गोकर्णप्रसाद सिटौला,  नगेन्द्रकुमार दासले आवेदन दिएका छन्।

अध्यक्ष पदका लागि ३० वर्ष उमेर पूरा भइ ६५ वर्ष पार नभएका नेपाली नागरिक यसमा योग्य हुने भएका छन्। त्यस्तै शैक्षिक तथा अनुभवको आवश्यकतामा भने सरकारी र गैरसरकारी व्यक्तिका लागि फरक तोकिएको छ। 

सरकारी सेवा, सार्वजनिक संस्थान, बोर्ड र प्राधिकरणमा स्नातक तह उत्तिर्ण गरी राजपत्रांकित प्रथम श्रेणी वा दशौं तहमा काम गरेको अनुभव भएकाहरू योग्य हुनेछन् भने बाहिरकाले १० वर्षको सम्बन्धित क्षेत्रमा अनुभव भएको हुनुपर्ने छ। 

आवेदकहरूमध्येबाट मन्त्रालयले तीन जनालाई छनौट गरि नियु्क्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। तीनजनामध्येबाट सरकारले एकजनालाई अध्यक्षमा नियुक्त गर्नेछ।  यसअघिका अध्यक्ष पुरुषोत्तम खनालले राजिनामा दिएपछि प्राधिकरणको अध्यक्ष पद खाली रहेको छ। 


प्रकाशित : आइतबार, माघ २१ २०८०१९:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend