बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मोबाइल फोनको विश्व बजारमा अर्को चिनियाँ ब्रान्डको उपस्थिति बलियो हुँदै

शनिबार, माघ २० २०८०
मोबाइल फोनको विश्व बजारमा अर्को चिनियाँ ब्रान्डको उपस्थिति बलियो हुँदै

आइटेल, टेक्नो र इन्फिनिक्स ब्रान्डमा मोबाइल फोन बनाउने यो कम्पनीले विश्व बजारमा आफ्नो हिस्सा बढाउँदै आएको छ। इन्ट्रीलेभल र मध्यम मूल्य श्रृखलामा पकड राख्ने यो ब्रान्डले भारतीय बजारमा पनि राम्रो स्थान बनाउँदै आएको छ।

काठमाडौं- सन् २०१७ मोबाइल फोनको विश्व बजारमा एउटा कोशेढुंगा थियो। किन भने त्यही वर्ष लगातार बढ्दै हालसम्मै उच्च आपूर्ति भएको थियो। १ अर्ब ५६ करोड युनिट स्मार्टफोन विश्व बजारमा बिक्री भएका थिए।

वृद्धिदर ओरालो लागेपनि वर्षेनि आपूर्ति बढ्दै सन् २०१७ मा रेकर्ड बनाएको थियो। तर त्यसपछि भने स्मार्टफोनको विश्व बजार शिथल बनेको छ। 

त्यसपछिका वर्षमा लगातार औरालो लागेको स्मार्टफोनको विश्व बजारले अझै लय समात्न सकेको छैन। 

सन् २०२३ मा पनि स्मार्टफोनको आपूर्ति ऋणात्मक भएको छ। बजार अनुसन्धान संस्था क्यानलेसका अनुसार सन् २०२३ मा सन् २०२२ को तुलनामा ४ प्रतिशतले फोनको आपूर्ति घटेको छ। योसँगै १ अर्ब १४ लाख युनिटमात्र वितरण भएका छन्। 

सबैभन्दा धेरै फोन वितरण गर्ने पाँच ब्रान्डमा एउटा बाहेक सबैको वितरण ऋणात्मक भएको छ। उक्त अनुसन्धान संस्थाको तथ्यांक अनुसार सन् २०२३ मा ट्रान्सियोनकोमात्र २७ प्रतिशतले वृद्धि भएको छ। 

एप्पल, सामसङ, साओमी, ओप्पोका  वितरण ऋणात्मक भएको छ।  

सन् २०२३ मा स्मार्टफोको दुनियाँमा एप्पलले सामसङलाई उछिनेको छ। मूल्यभन्दा संख्यामा एप्पललाई उछिन्दै आएको सामसङलाई पछि पारेर एप्पल संसारकै ठूलो मोबाइल ब्रान्ड बनेको थियो। अर्थात् सन् २०२३ मा एप्पलको बजार हिस्सा २० प्रतिशत पुगेको छ भने सामसङको २२ बाट २० प्रतिशतभन्दा मुनि पुगेको छ। 

सन् २०२३ मा एप्पललले २२ करोड ९२ लाख युनिट फोन संसारभर वितरण गरेको थियो भने सामसङले २२ करोड ५४३ लाख युनिट। 

ठूला पाँच ब्रान्डमा तीनवटा चिनियाँ ब्रान्ड रहेका छन्। साओमी, ओप्पो र ट्रान्सियोन रहेका छन्। 

पछिल्लो समय साओमी र ओप्पोले बजार हिस्सा गुमाउँदै जाँदा त्यसमा अर्को चिनियाँ ब्रान्ड ट्रान्सियोनले ठाउँ लिन थालेको छ। सन् २०२३ मा यो ब्रान्डले आफ्नो बजार हिस्सा २ प्रतिशत बिन्दुले सुधार गरेको छ। सन् २०२२ मा ६ प्रतिशत भएको बजार हिस्सा २०२३ मा ८ प्रतिशत पुर्‍याएको छ। साओमी स्थिर छ भने ओप्पोले बजार हिस्सा गुमाएको छ। 

ट्रान्सियोन चीनको सेन्जेनमा आधारित कम्पनी हो। यो सन् २००६ मा हङकङमा स्थापना भएको कम्पनी हो। सन् २००८ मै फिचर फोन ब्रान्ड आइटेलबाट अफ्रिकन बजारमा प्रवेश गरेको थियो। यसले सन् २०१४ मा पहिलो स्मार्टफोन ब्रान्ड ल्याएको थियो। सीडीएमए प्रविधिमा स्मार्टफोन पनि यही कम्पनीले ल्याएको थियो। 

आइटेल, टेक्नो र इन्फिनिक्स ब्रान्डमा मोबाइल फोन बनाउने यो कम्पनीले विश्व बजारमा आफ्नो हिस्सा बढाउँदै आएको छ। इन्ट्रीलेभल र मध्यम मूल्य श्रृखलामा पकड राख्ने यो ब्रान्डले भारतीय बजारमा पनि राम्रो स्थान बनाउँदै आएको छ।


प्रकाशित : शनिबार, माघ २० २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend