बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

व्यवसायी अरुण चौधरी पक्राउ घटनाले उद्योगी व्यवसायीको मानमर्दन भएको छ : जग्गा तथा आवास विकास महासंघ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १९ २०८०
व्यवसायी अरुण चौधरी पक्राउ घटनाले उद्योगी व्यवसायीको मानमर्दन भएको छ : जग्गा तथा आवास विकास महासंघ

काठमाडौं- व्यवसायी अरुण कुमार चौधरी पक्राउ परेकोप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल जग्गा तथा आवास विकास महासंघले निजी क्षेत्र आतंकित भएको र सम्पूर्ण उद्योगी व्यवसायीको मानमर्दन भएको जनाएको छ। 

उद्योगपति चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरेको छ। त्यसलगत्तै व्यवसायीहरूले कुनै सूचना नदिइ र अनुसन्धानका लागिसमेत नबोलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाइरहेका छन्। 

'यस घटनाले व्यवसायीमात्र नभएर सबै निजी क्षेत्र आतंकित भएको र सम्पूर्ण उद्योगी व्यवसायीको मानमर्दन भएकोसमेत हामीले महसुस गरेका छौँ' नेपाल जग्गा तथा आवास विकास महासंघले विज्ञप्तीमार्फत भनेको छ, 'कसुर प्रमाणित भए कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा कुनै बिमति नरहेको तर कसुर प्रमाणित नै नभइ धरपकड गर्नु न्यायसंगत छैन।'

पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीलाई थप निरुत्साहित बनाउने काम भएको महासंघले जनाएको छ। यस किसिमका घटनाले उद्यमी व्यवसायीले मुलुकको आर्थिक समृद्धिमा पुऱ्याएको योगदानको उपेक्षा गरेको हो कि भन्ने सोच्न बाध्य तुल्याएको उल्लेख गरिएको छ।

पहिले सत्यतथ्य पत्ता लगाएरमात्र आवश्यक परे कानूनी कारबाही अघि बढाउन सरकारलाई उनीहरूले आग्रह गरेका छन्।


प्रकाशित : शुक्रबार, माघ १९ २०८०१७:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend