बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एसआईयूके एजुकेसन फेयर २०२४ आयोजना हुँदै

सोमबार, माघ १५ २०८०
एसआईयूके एजुकेसन फेयर २०२४ आयोजना हुँदै

काठमाडौं- एसआईयूके एजुकेसन फेयर २०२४ आयोजना हुने भएको छ। बेलायतमा अध्ययनका लागि जान इच्छुक विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्स सेवा गर्ने उद्देश्यले ‘एसआईयूके एजुकेसन फेयर २०२४' आयोजना हुन लागेको हो। 

कार्यक्रमबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै संस्थाले विद्यालयतका उत्कृष्ट विश्वविद्यालयहरुसँग विद्यार्थीहरुको साक्षात्कार गराउने उदेश्यले यही कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। संस्थाले आगामी २० माघमा काठमाडौंमा, २२ गते पोखरामा, २४ गते बुटवलमा र २६ गते चितवनमा एसआईयूकेकै कार्यलयमा आयोजना हुने छ। 

संस्थाले बेलायतका उत्कृष्टि विश्वविद्यालय युनिभर्सिटी अफ बाथ, त्रिनिटी कलेज डुम्बिलन,युनिभर्सिटी अफ युनिभर्सिटी, कार्डिफ मेट्रोपोलिटीएन युनिभर्सिटी, केला युनिभर्सिटी, युनिर्भर्सिटी अफ प्लेमाउथ, युनिभर्सिटी अफ सालफोर्ड म्यानचेष्ट्रर, स्टडी ग्रुप, अक्सफोर्ड इन्टरनेशनल एजुकेसन ग्रुप, क्याब्रिज एजुकेशन ग्रुप लगायतका प्रतिनिधिहरुले प्रतिनिधिहरूले विद्यार्थीहरूलाई उचित परामर्श प्रदान गर्ने आयोजकले जनाएको छ।

एसआईयुके कन्सल्टेन्टका नेपालका विभाग प्रमुख विनय अधिकारीले एजुकेसन फेयरले विद्यार्थीहरुलाई आफु जान लागेको मुलुक र भविष्यप्रति विश्वस्त हुनका लागि अहिलेको एजुकेशन फेयर महत्वपूर्ण कोशेढुंगे सावित हुने बताए। ‘यो हाम्रो विजनेशको लागि होइन, विद्यार्थीको आत्मविश्वास बढाउन र जान लागेको मुलुक, कानून, जागिर लगायतको बारेमा जान्न सकुन् ताकि दुविधा नहोस्,’ अधिकारीले भने,‘ यो आयोजना विद्यार्थीहरुलाई ढुक्कको बावतारण बनाउनका लागि हो।’

त्यस्तै कार्यक्रममा बोल्दै एसआईयूकेका सिनियर कन्सल्टेन्ट नितेश खतिवडाले अध्ययनमा जान चाहाने विद्यार्थीहरुलाई यो एजुकेसन फेयरले नयाँ  अबसरको ढोका खोल्ने बताए। उनले भने, ‘यो खालको अबसर कमै आउँछन्, विश्वका उत्कृष्ट विद्यालयका प्रतिनिधिहरुसँग विद्यार्थी स्वयम्ले साक्षत्कार गर्नु भनेको विश्वासको बातावरण बन्न प्रेरित गर्छ।’

त्यस्तै शैक्षिक मेलाको तयारीको बिषयमा केन्द्रीत रहदै एसआईयूके नेपालका अइटी अफिसर सोयल आलमले युके एजुकेसन फेयर २०२४ तयारी पूर्ण भएको बताए।


प्रकाशित : सोमबार, माघ १५ २०८०१९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend