आइतबार, जेठ ६ गते २०८१    
images
images

विश्व बजारमा तहल्का मच्चाइरहेको ईभी ब्रान्ड भिनफास्टको बिक्रेता एडभान्स्ड अटोमोबाइल, ईभी यहीवर्ष नेपाल आइपुग्ने

images
बुधबार, माघ १७ २०८०
images
images
विश्व बजारमा तहल्का मच्चाइरहेको ईभी ब्रान्ड भिनफास्टको बिक्रेता एडभान्स्ड अटोमोबाइल, ईभी यहीवर्ष नेपाल आइपुग्ने

भिनफास्टको विद्युतीय कार एडभान्स्ड अटोमोबाइलले यही वर्ष नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ।

images
images

काठमाडौं- विश्व बजारमा तहल्का मच्चाइरहेको भियतनामको विद्युतीय सवारी उत्पादक कम्पनी भिनफास्टको नेपालका लागि आधिकारिक बिक्रेता 'एडभान्स्ड अटोमोबाइल' नियुक्त भएको छ। विशाल समूहअन्तर्गतको एडभान्स्ड अटोमोबाइल हालैमात्र भिनफास्टको आधिकारिक बिक्रेता नियुक्त भएको हो। 

images
images
images

भिनफास्टको डिलरसिप लिन नेपालका दर्जनभन्दा बढी प्रतिष्ठित व्यवसायी/घरानाहरू इच्छुक देखिएका थिए। प्रतिस्पर्धी घरानाहरूलाई पछि पार्दै उदीयमान विद्युतीय कार उत्पादक कम्पनी भिनफास्टका विद्युतीय कार नेपाली बजारमा एडभान्स्ड अटोमोबाइलले बिक्री गर्ने तय भएको छ। 

images

भिनफास्ट भारतमा आउने निश्चित भएसँगै नेपालमा आधिकारिक वितरक हुनका लागि व्यावसायिक समूह तथा अन्य व्यक्ति समूह बनाएरै डिलरसिप ल्याउन लागिपरेका थिए। हाल भिनफास्टका सवारी लेफ्ट ह्यान्ड ड्राइभमा उत्पादन भइरहेका छन्। भारतमा आएपछि भिनफास्टका विद्युतीय सवारी राइट ह्यान्ड ड्राइभमा आउने छन्।

images
images

भारतमा बनेपछि भिनफास्टका सवारी सहज रुपमा नेपाल ल्याउन सकिने भएकाले आधिकारिक बिक्रेताका लागि व्यवसायीहरू लागिपरेका थिए। 

images
images

अटोमोबाइल व्यवसाय गरिरहेकादेखि अटोमोबाइलको व्यापारमा रहेका तर चारपांग्रे पोर्टफोलियो नभएका, अटोमोबाइलमै नभएकाहरूसम्म भिनफास्टको डिलरसिप लिने होडमा उत्रिएका थिए। विशाल समूह, शंकर समूह, रमेश कर्प, लक्ष्मी समूह, गोल्छा समूहलगायतका अधिकांश घरानासँगै व्यवसायीहरूले छुट्टै समूह बनाएर पनि अघि बढिरहेका थिए। यी सबैलाई पछि पार्दै विद्युतीय सवारीमा राम्रो भविष्य मानिएको भिनफास्ट विशाल समूहले हात पारेको हो। 

भविष्यको टेस्लाको रुपमा पश्चिमा बजारमा  भिनफास्टको चित्रण गरिएको छ। अमेरिका तथा युरोपेलमा बजार विस्तारको चरणमा रहेको भिनफास्टले पछिल्लो समय दक्षिण एसियाली बजारलाई केन्द्रित गरेर भारतमा उत्पादन थाल्ने घोषणा गरेको थियो। भिनफास्टले भारतको तामिलनाडूमा प्लान्ट स्थापनाको घोषणा गरिसकेको छ। 

भिनफास्टले भारतमा २ अर्ब अमेरिकी डलर लगानी गरेर आउने घोषणा गरेको हो। अमेरिकासहित केही महत्वपूर्ण बजारमा प्रवेश गरिसकेको भिनफास्टले भारतको तामिलनाडूमा प्लान्ट स्थापना गर्ने बताएको कम्पनीले २०२५ भित्रमा भारतीय प्लान्टबाट विद्युतीय कार उत्पादन थालिसक्ने बताएको छ। 

तामिलनाडूमा स्थापना हुने प्लान्ट बनाउन सुरुवाती चरणमा ५० करोड डलर लगानी गर्ने तय भएको भिनफास्टका डेपुटी सीईओ (सेल्स एन्ड मार्केटिङ) ट्रान मइ होयले बताएको टाइम्स अफ इन्डियाले लेखेको थियो। प्रिमियम तथा मास मार्केटईभी उत्पादन गर्ने र वार्षिक १ लाख ५० हजार कार बनाउने लक्ष्य भिनफास्टले लिएको छ। 

भियतनामी व्यवसायिक समूह भिनग्रुपको स्वामित्वमा रहेको भिनफास्ट विद्युतीय सवारीमात्र उत्पादन गर्नेगरी स्थापना भएको हो। कम्पनीले विश्वव्यापी बजार विस्तार गर्ने क्रममा भारतमा पनि प्लान्ट स्थापन गर्न लागेको हो।
भारतबाहेक भिनफास्टले अमेरिकामा विद्युतीय कार उत्पादन प्लान्ट बनाउन ४ अर्ब डलर लगानी गरिरहेको छ। अमेरिकामा बनेको उक्त प्लान्टबाट कार उत्पादन सुरु भइसकेको कम्पनीले जनाएको छ। 

भिनफास्टले २०२४ को अन्त्यसम्ममा विश्वका ५० देशमा विद्युतीय कार बिक्री गर्ने योजना बनाएको छ। त्यसका लागि भिनफास्टले इन्डोनेसियामा पनि विद्युतीय कार प्लान्ट बनाउन ४० करोड डलर लगानी गर्ने बताएको छ। 

सन् २०१७ मा स्थापना भएको भिनफास्टले सन् २०१९ मा पहिलो कार बजारमा उतारेको थियो। अमेरिकी मोटर कम्पनी जेनरल मोटर्ससँगको साझेदारीमा कार उत्पादनमा हात हालेको भिनफास्टले ब्याट्रीका लागि बीएमडब्लूसँग साझेदारी गरेको छ।

कहिले आइपुग्छ भिनफास्टको ईभी

भिनफास्टको विद्युतीय कार एडभान्स्ड अटोमोबाइलले यही वर्ष नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ। २०२४ को आक्टोबर या नोभेम्बरसम्ममा भिनफास्टका ईभी नेपाल आउने कम्पनी स्रोतले बतायो।

भारतमा स्थापना हुने प्लान्टबाट २०२५ को अन्त्यतिर मात्र कार उत्पादन हुनेछ। भारतमा उत्पादन सुरु भएपछि त्यहीँबाट आयात गरिने भएपनि २०२४ मा भने युरोप तथा अस्ट्रेलियालगायत देशलाई लक्षित गरेर उत्पादन भएका राइट ह्यान्ड ड्राइभ कार नेपाल ल्याउने तयारीमा एडभान्स्ड रहेको छ। 

विशाल समूहअन्तर्गत बिक्री हुँदै आएका ब्रान्डहरू 

विशाल समूहअन्तर्गतको पुजा इन्टरनेसनलले जर्मन ब्रान्डको फक्सवागन ब्रान्डका कार बिक्री गर्दै आइरहेको छ।

त्यस्तैगरि भीजी अटोमोबाइलले सुजुकीका मोटरसाइकल तथा स्कुटर, पुजा कन्स्ट्रक्सनले एसआरएमका विद्युतीय भ्यान तथा कोबेल्कोका इक्युपमेन्ट, एडभान्स्ड अटोमोबाइलले रेनो, पारामाउन्ट मोटरले एमजी, म्याक्सस तथा माज्दा बिक्री गर्दै आइरहेको छ।

साथै भीजी इम्पेक्सले ग्रेटवाल मोटरका सावरीसाधन बिक्री गर्दै आइरहेको छ। विशाल समूहअन्तर्गका अन्य कम्पनीहरूले भीडोल तथा मोतुल ब्रान्डसमेत बिक्री गर्दै आएको छ। 


प्रकाशित : बुधबार, माघ १७ २०८०११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend