बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग, के छ योग्यता र अनुभवको न्यूनतम मापदण्ड?

आइतबार, माघ १४ २०८०
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग, के  छ योग्यता र अनुभवको न्यूनतम मापदण्ड?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा अध्यक्ष छनौट तथा सिफारिस समिति गठन भएपछि मन्त्रालयले योग्यता पुगेका इच्छुकहरूबाट आवेदन माग गरेको छ।

काठमाडौं- दूरसञ्चार क्षेत्रको नियामक दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि सरकारले आवेदन माग गरेको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा अध्यक्ष छनौट तथा सिफारिस समिति गठन भएपछि मन्त्रालयले योग्यता पुगेका इच्छुकहरूबाट आवेदन माग गरेको छ। 

अध्यक्ष पदका लागि ३० वर्ष उमेर पूरा भइ ६५ वर्ष पार नभएका नेपाली नागरिक यसमा योग्य हुने भएका छन्। त्यस्तै शैक्षिक तथा अनुभवको आवश्यकतामा भने सरकारी र गैरसरकारी व्यक्तिका लागि फरक तोकिएको छ। 

सरकारी सेवा, सार्वजनिक संस्थान, बोर्ड र प्राधिकरणमा स्नातक तह उत्तिर्ण गरी राजपत्रांकित प्रथम श्रेणी वा दशौं तहमा काम गरेको अनुभव भएकाहरू योग्य हुनेछन् भने बाहिरकाले १० वर्षको सम्बन्धित क्षेत्रमा अनुभव भएको हुनुपर्ने छ। 

इच्छुक योग्य नेपाली नागरिकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा तोकिएको ढाँचामा आवेदन दिनुपर्ने छ। 

आवेदकहरूमध्येबाट मन्त्रालयले तीन जनालाई छनौट गरि नियु्क्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। तीनजनामध्येबाट सरकारले एकजनालाई अध्यक्षमा नियुक्त गर्नेछ। 

यसअघिका अध्यक्ष पुरुषोत्तम खनालले राजिनामा दिएपछि प्राधिकरणको अध्यक्ष पद खाली रहेको छ। 


प्रकाशित : आइतबार, माघ १४ २०८००९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend