बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

१५ वर्ष विदेश बसेर फर्किएका केशवबहादुर बाख्रापालनमा, भन्छन् - आम्दानी प्रशस्त छ

images
शनिबार, माघ १३ २०८०
images
images
१५ वर्ष विदेश बसेर फर्किएका केशवबहादुर बाख्रापालनमा, भन्छन् - आम्दानी प्रशस्त छ

मेहनत र लगनशीलता भए विदेशमा हुनेजति कमाइ स्वदेशमै गर्न सकिने उनी बताउँछन्। उनले ६ लाख लगानीमा बाख्रापालन थालेका हुन्।

images
images

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटार गाउँपालिका-३ का केशवबहादुर चितौरे मगर हिजोआज बाख्राको रेखदेखमा व्यस्त छन्।

images
images
images

पन्ध्र वर्ष वैदेशिक रोजगारी गरी फर्किएका केशवबहादुरले अहिले गाउँघरमा व्यावसायिक बाख्रापालन गरेर प्रशस्त आम्दानी गरिरहेका छन्। 'पन्ध्र वर्ष कुवेतमा रोजगारी गरेँ, सधैँ परिवारसँग बिछोडिएर विदेश बस्न मन लागेको थिएन', उनले भने, 'स्वदेश फर्केपछि छ लाख रूपैयाँ लगानी गरेर घरमा व्यावसायिक बाख्रा पाल्न थालेको हुँ।'  

images

विदेशमा मासिक ५० हजार कमाइ गर्ने केशवबहादुरले अहिले सो बराबरको कमाइ बाख्रापालनबाट हुने गरेको बताए। कम लगानी र थोरै मेहनतमा प्रशस्त आम्दानी गर्न सकिने भएकाले बाख्रा पाल्ने सोच आएको उनको भनाइ थियो।

images
images

'वार्षिक खसीबोका बिक्रीबाट चार लाख रूपैयाँसम्म आम्दानी हुने गरेको छ,' केशवबहादुरले भने, 'भैँसी, बुङ्गुर पनि पालेको छु। त्यस छुट्टै कमाइ भइरहेको छ।' अहिले खोरमा ४५ वटा बाख्रा रहेका उनले जानकारी दिए। उनका अनुसार आगामी वर्ष बिक्रीका लागि तयार गर्नेगरी अहिले २५ वटा पाठापाठी हुर्किरहेका छन्।

images
images

बाख्रालाई चाहिने दाना, पानी, घाँस, पराल सबै आफैले गर्ने गरेको केशवबहादुरले बताए। 'जमुनापारि जातका बाख्रा पालेको छु। तीन वर्ष भयो, आम्दानी प्रशस्त भइरहेको छ। यसबाट जीविकोपार्जनमा सहज भइरहेको छ', उनले भने, 'एउटा खसी एक वर्षमा ४५ किलोसम्मको बनाएर बेच्ने गरेको छु। एउटा खसी बेच्दा २५-३० हजार रूपैयाँसम्म पर्ने गरेको छ।'

कालीगण्डकी करिडोरअन्तर्गतको गैँडाकोट रामपुर सडक खण्डसँगै जोडिएको घरमा केशवबहादुरले दुईवटा आधुनिक बाख्राको खोर बनाएका छन्। अरूभन्दा छिटो आम्दानी हुने र मेहनत पनि कम लाग्ने भएकाले बाख्रा पाल्न थालेको उनको भनाइ थियो। 'विदेश छाडेर आएपछि व्यावसायिक बाख्रापालन थालेको छु। यही पेसालाई निरन्तरता दिँदै जाने हो', उनले भने।

घाँसका लागि दुई बिघा जमिनमा घाँस खेती गरेको केशवबहादुरले जानकारी दिए। 'बर्खा मौसमलाई पनि हुने गरी पाखो बारीमा घाँस लगाएको छु। हिउँदका लागि घर नजिकैको खेतमा लगाएको छु', उनले भने। कुवेतमा दैनिक १२ घण्टा श्रम गरेर फर्केको अनुभव अझै ताजा रहेको बताउँदै अहिले घरआँगनमा परिवारसँगै काम गर्न पाउँदा धेरै सहज भएको उनले अनुभव सुनाए।

बाध्यताले विदेश गएको भन्दै केशवबहादुरले गाउँघरमा आम्दानीका अवसर खोज्न सकिने बताए। 'विदेशमा गर्ने मेहनतको आधा मेहनत मात्र यहाँ गर्ने हो भने राम्रो कमाई हुने रहेछ', उनले भने, 'अहिलेका युवा पुस्तालाई काम सानो ठूलो हुँदैन भन्ने बुझाउन सके परदेशमा दुःख पाउने थिएनन्।'

कृषि तथा पशुपालनमा विभिन्न अनुदान र सहुलियत पाइने सुनेको भए पनि अहिलेसम्म कहीँ कतैबाट सहयोग नपाएको केशवबहादुरले बताए। उनले भने, 'अनुदान अहिलेसम्म केही पनि पाएका छैनौँ। सरकारी अनुदान साना किसानका लागि अनुदान तथा तालिमको व्यवस्था गरे सहज हुने थियो। रासस

images

प्रकाशित : शनिबार, माघ १३ २०८००२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend