बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

कफीमा नयाँ अनुवंशको खोजी

आइतबार, माघ १४ २०८०
कफीमा नयाँ अनुवंशको खोजी

अरेबिका कफीमा भेटिएको यो जिनोम पहिचानबाट उन्नत स्वाद र धेरै उत्पादनमा सहयोग पुग्ने बताइएको छ।

काठमाडौं-  संसारकै लोकप्रियमध्यको पेय पदार्थ कफीको नयाँ अनुवांशिक गुणको पहिचान भएको वैज्ञानिकहरूले दाबी गरेका छन्।

इटालीका वैज्ञानिकहरूले गरेको खोजमा स्वादमा अझै पनि उन्नत हुने खालको अनुवांशिक पहिचान भेटिएको दाबी गरिएको छ। 

डीएनए सिक्वेन्सिङको आधुनिक प्रविधिको प्रयोगबाट गरिएको परीक्षणबाट अरेविका कफीको अहिलेसम्मकै विस्तृत जिनोम विशेषता पहिचान भएको बताइएको छ। 

नयाँ पहिचान भएको अनुवांशिक पहिचानबाट स्वादमात्र होइन उत्पादनमा पनि सहयोग हुने दाबी गरिएको छ। तातो हुँदै गएको पृथ्वी र बदलिँदो जलवायुमा पनि यसको उत्पादन अझ राम्रो हुनसक्ने दाबी वैज्ञानिकहरूले गरेका छन्। 

अरेबिका कफीमा भेटिएको यो जिनोम पहिचानबाट उन्नत स्वाद र धेरै उत्पादनमा सहयोग पुग्ने बताइएको छ। 

संसारकै राम्रो मानिने अरेबिका कफी नेपालमा पनि उत्पादन हुन्छ। इथोपियाबाट उत्पत्ति भएर संसारभर फैलिएको कफी अहिले संसारकै लोकप्रिय पेय हो। एक दिनमा २ अर्बभभन्दा धेरै कप कफी खपत हुने अनुमान रहेको छ। 

व्यापार, राजनीति, संस्कृति र विज्ञानको जटिल इतिहासबाट गुज्रिएको कफीको उत्पादत्वमा चुनौती थपिएको छ। 


प्रकाशित : आइतबार, माघ १४ २०८००८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend