आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

बजारमा बिक्री भइरहेको नुनको गुणस्तर परीक्षणमा देखिएन खराबी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १२ २०८०
images
बजारमा बिक्री भइरहेको नुनको गुणस्तर परीक्षणमा देखिएन खराबी

परीक्षणका क्रममा नुनमा आयोडिनको मात्रा तोकिएको मापदण्डभित्र रहेको र खानयोग्य रहेको रिपोर्ट दिइएको छ।

images
images

काठमाडौं- बजारमा बिक्री भइरहेको आयोडिन नुनको गुणस्तर परीक्षण हुँदा त्यसमा कुनै खराबी नरहेको प्रमाणित भएको छ। 

images
images
images

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा नुनमा आयोडिनको मात्रा बढी भएको गुनासो तथा उजुरीको आधारमा गुणस्तर परीक्षण गरेको थियो।

images
images

विभागले आफ्नै ल्याब नहुँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ल्याबमा पठाएर नुनमा प्रयोग भएको आयोडिनको मात्रा परीक्षण गराएको थियो।

images
images

परीक्षणका क्रममा नुनमा आयोडिनको मात्रा तोकिएको मापदण्डभित्र रहेको र खानयोग्य रहेको रिपोर्ट वाणिज्य विभागलाई दिएको महानिर्देशक तिर्थराज चिलुवालले जानकारी दिए।

विभागले बजारबाट नमुना संकलन गरेर दुईसाता अगाडि परीक्षणका लागि पठाएको थियो।

विभागले तोरीको तेल र शिशु आहारको पनि गुणस्तर परीक्षणका लागि ल्याबमा पठाएको छ। यसमा भने रिपोर्ट आउन बाँकी रहेको छ। 


प्रकाशित : शुक्रबार, माघ १२ २०८०१४:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend