बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इन्टरप्राइज इमेलका नाममा सुनिल पौडेलको अनियमितता, एनआईटीसीसँगै टेलिकममा पनि

शुक्रबार, माघ १२ २०८०
इन्टरप्राइज इमेलका नाममा सुनिल पौडेलको अनियमितता, एनआईटीसीसँगै टेलिकममा पनि

जुन कम्पनीले यसको जिम्मा पाएको छ यसले सुनिल पौडेल र विकल पौडेल नेतृत्वमा भएको संस्थामा प्रशस्त ठेक्का पाउने गरेको छ। पौडेलद्वयको मिलेमतोमा यसले काम पाउने गरेको पाइएको छ।

काठमाडौं-   इन्टरप्राइज इमेलका नाममा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) मा अनियमितता गरेका सुनिल पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक हुँदा पनि त्यसलाई निरन्तरता दिएको पाइएको छ। 

सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदा उनले इन्टरप्राइजको इमेलको नाममा आर्थिक अनियमितता गरेका थिए। सोही प्रवृत्तिलाई उनले नेपाल टेलिकममा पनि निरन्तरता दिएको पाइएको छ। 

भ्रष्टाचारको मुद्दा लागेर हाल टेलिकमको प्रबन्ध निर्देशकबाट निलम्बनमा परेका पौडेलले उही कम्पनीलाई उस्तै सेवा दिनेगरी टेलिकममा पनि लगेका छन्। पौडेल प्रबन्ध निर्देशक हुँदा ओपन सोर्स इमेललाई कस्टमाइज गरेर ४ करोड ८० लाख रुपैयाँमा नेक्स्टजेन सोलुसनलाई इमेल सेवाका लागि छनौट गरेका छन्। 

पौडेल एनआईटीसीमा हुँदा पनि यही कम्पनीले इमेलसहितका विभिन्न सेवाको जिम्मा पाएको थियो। 

औचित्यहीन सेवाका लागि करिब ५ करोडको ठेक्का मिलेमतोमा दिएको खुलेको हो। ‘ओपनसोर्स जाम्रा एप्लिकेसनबाट कस्टमाइज गरेर यो इमेल सेवा दिने भनिएको छ। यसको कुनै पनि औचित्य छैन। उता हुँदाको शैली उहाँले यहाँ ल्याएको पाइयो’ टेलिकमनिकट स्रोतले भन्यो। 

पौडेलले एनआईटीसीमा एउटा ई-मेल आईडी बनाउन ९ हजार ८ सय ८७ रुपैयाँ खर्च गराएका थिए। पौडेलले २०७६ बैशाखदेखि जिम्ब्राको इन्टरप्राइज ईमेल प्रणाली सुरु गरेका थिए। केन्द्रले सुरुमा १० हजार इमेलको लाइसेन्स, सपोर्ट र सेक्युरिटीको लागि ९ करोड ९० लाख ४४ हजार रूपैयाँ खर्च गरेको थियो।

उहि एप्लिकेसन, उहि कम्पनीलाई पौडेलले टेलिकममा पनि भित्र्याएपछि मिलेमतोमै अनियमिताको आशंका गरिएको छ। पौडेल निलम्बनमा परेपछि यो सेवाका बारेमा अहिले आन्तरिक छानबीन भइरहेको छ। 

व्यावसायिक रुपमा आधिकारिक इमेल सोलुसनका लागि सुरक्षित एप्लिकेसन छाडेर सस्तोमा जाने तर रकम भने सुरक्षित सरहकै दिने काम भएको पाइएको छ। यसबाट टेलिकमलाई क्षति भएको प्रारम्भिक रुपमा देखिएको अधिकारीहरूले बताएका छन्। 

जुन कम्पनीले यसको जिम्मा पाएको छ यसले सुनिल पौडेल र विकल पौडेल नेतृत्वमा भएको संस्थामा प्रशस्त ठेक्का पाउने गरेको छ। पौडेलद्वयको मिलेमतोमा यसले काम पाउने गरेको पाइएको छ। 

‘कम्पनी जसले पाएपनि जुन सोलुसन जसरी लिइएको र जति खर्च गरिएको छ त्यसको औचित्य देखिँदैन’ स्रोतले भन्यो। 

सुनिल पौडेल र विकल पौडेललाई हिरासतमा राख्न अदालतको अनुमति सुनिल पौडेल र विकल पौडेललाई हिरासतमा राख्न अदालतको अनुमति टेलिकमको बिलिङ प्रणालीमा सुनिल पौडेलको अनियमिततामाथि छानबीन गर्दै अख्तियार टेलिकमको बिलिङ प्रणालीमा सुनिल पौडेलको अनियमिततामाथि छानबीन गर्दै अख्तियार नेपाल टेलिकमको बिलिङ प्रणाली भद्रगोल बनाउने चिनियाँ कम्पनीसँग चार वर्षका लागि ३ अर्बको मर्मत सम्झौता  नेपाल टेलिकमको बिलिङ प्रणाली भद्रगोल बनाउने चिनियाँ कम्पनीसँग चार वर्षका लागि ३ अर्बको मर्मत सम्झौता  नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतमा घोटाला, एकैपटक ४ वर्षे सम्झौता, एकमुष्ट २ अर्ब विदेशमा भुक्तानी गर्न माग्यो अनुमति नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतमा घोटाला, एकैपटक ४ वर्षे सम्झौता, एकमुष्ट २ अर्ब विदेशमा भुक्तानी गर्न माग्यो अनुमति ग्रिनकार्ड लिएर सरकारी नियुक्ति, अनुमतिबिना विदेशी बैंकमा खाता ग्रिनकार्ड लिएर सरकारी नियुक्ति, अनुमतिबिना विदेशी बैंकमा खाता प्रविधिको खरिदमा सुनिल र विकल पौडेलको सेटिङ साम्राज्यको अवसान प्रविधिको खरिदमा सुनिल र विकल पौडेलको सेटिङ साम्राज्यको अवसान 


प्रकाशित : शुक्रबार, माघ १२ २०८०१२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend