आइतबार, जेठ ६ गते २०८१    
images
images

टेस्लालाई चुनौती दिनसक्ने भनिएको भिनफास्टको डिलरसिपका लागि दौडधुपमा नेपाली व्यवसायी

images
बिहीबार , माघ ११ २०८०
images
images
टेस्लालाई चुनौती दिनसक्ने भनिएको भिनफास्टको डिलरसिपका लागि दौडधुपमा नेपाली व्यवसायी

भिनफास्टले २०२४ को अन्त्यसम्ममा विश्वका ५० देशमा विद्युतीय कार बिक्री गर्ने योजना बनाएको छ। त्यसका लागि भिनफास्टले इन्डोनेसियामा पनि विद्युतीय कार प्लान्ट बनाउन ४० करोड डलर लगानी गर्ने बताएको छ।

images
images

काठमाडौं- विश्व बजारमा तहल्का पिटिरहेको भियतनामको विद्युतीय सवारी उत्पादक कम्पनी भिनफास्टको डिलरसिप लिन नेपालका प्रतिष्ठित व्यवायीहरू इच्छुक देखिएका छन्। 

images
images
images

भारतमा आउने निश्चित भएसँगै नेपालमा आधिकारिक वितरक हुनका लागि व्यावसायिक समूह तथा अन्य व्यक्ति समूह बनाएरै डिलरसिप ल्याउन लागिपरेका छन्।

images

हाल भिनफास्टका सवारी लेफ्ट ह्यान्ड ड्राइभमा उत्पादन भइरहेका छन्। भारतमा आएपछि भिनफास्टका विद्युतीय सवारी राइट ह्ययान्ड ड्राइभमा आउने छन्। भारतमा बनेपछि भिनफास्टका सवारी नेपाल ल्याउन सकिने भएकाले आधिकारिक बिक्रेताका लागि व्यवसायीहरू लागिपरेका हुन्। 

images
images

अटोमोबाइल व्यवसाय गरिरहेकादेखि अटोमोबाइलको व्यापारमा रहेका तर चारपांग्रे पोर्टफोलियो नभएका, अटोमोबाइलमै नभएकाहरूसम्म भिनफास्टको डिलरसिप लिने होडमा उत्रिएका छन्। विशाल समूह, शंकर समूह, रमेश कर्प, लक्ष्मी समूह, गोल्छा समूहलगायतका अधिकांश घरानासँगै व्यवसायीहरूले छुट्टै समूह बनाएर पनि अघि बढिरहेका छन्। 

images
images

भविष्यको टेस्लाको रुपमा पश्चिमा बजारमा चित्रण गरिएको यो ब्रान्ड नेपाल ल्याउनका लागि सबैले भएभरको जोडबल अहिलेदेखि नै लगाइरहेका छन्। अटोमोबाइलको व्यापारमा अनुभव भएकादेखि नभएकाहरू पनि यो होडमा देखिएका छन्। 

अमेरिका तथा युरोपेलीमा बजार विस्तारको चरणमा रहेको भिनफास्टले पछिल्लो समय दक्षिण एसियाली बजारलाई केन्द्रित गरेर भारतमा उत्पादन थाल्ने घोषणा गरेको थियो। भिनफास्टले भारतको तामिलनाडूमा प्लान्ट स्थापनाको घोषणा गरिसकेको छ। यो घोषणापछि नेपालका व्यवसायीहरूले दौड भित्रभित्रै अझ तीव्र बनाएका छन्। 

भिनफास्टले भारतमै विद्युतीय सवारी उत्पादन गर्ने तय गरिसकेको छ। भिनफास्टले भारतमा २ अर्ब अमेरिकी डलर लगानी गरेर आउने घोषणा गरेको हो। अमेरिकासहित केही महत्वपूर्ण बजारमा प्रवेश गरिसकेको भिनफास्टले भारतको तामिलनाडूमा प्लान्ट स्थापना गर्ने बताएको कम्पनीले २०२५ भित्रमा भारतीय प्लान्टबाट विद्युतीय कार उत्पादन थालिसक्ने बताएको छ। 

तामिलनाडूमा स्थापना हुने प्लान्ट बनाउन सुरुवाती चरणमा ५० करोड डलर लगानी गर्ने तय भएको भिनफास्टका डेपुटी सीईओ (सेल्स एन्ड मार्केटिङ) ट्रान मइ होयले बताएको टाइम्स अफ इन्डियाले लेखेको छ। प्रिमियम ईभी उत्पादन गर्ने र वार्षिक १ लाख ५० हजार कार बनाउने लक्ष्य भिनफास्टले लिएको छ। 

भियतनामी व्यवसायिक समूह भिनग्रुपको स्वामित्वमा रहेको भिनफास्ट विद्युतीय सवारीमात्र उत्पादन गर्नेगरी स्थापना भएको हो। कम्पनीले विश्वव्यापी बजार विस्तार गर्ने क्रममा भारतमा पनि प्लान्ट स्थापन गर्न लागेको हो।

भारतबाहेक भिनफास्टले अमेरिकामा विद्युतीय कार उत्पादन प्लान्ट बनाउन ४ अर्ब डलर लगानी गरिरहेको छ। अमेरिकामा बनेको उक्त प्लान्टबाट कार उत्पादन सुरु भइसकेको कम्पनीले जनाएको छ। 

भिनफास्टले २०२४ को अन्त्यसम्ममा विश्वका ५० देशमा विद्युतीय कार बिक्री गर्ने योजना बनाएको छ। त्यसका लागि भिनफास्टले इन्डोनेसियामा पनि विद्युतीय कार प्लान्ट बनाउन ४० करोड डलर लगानी गर्ने बताएको छ। 

सन् २०१७ मा स्थापना भएको भिनफास्टले सन् २०१९ मा पहिलो कार बजारमा उतारेको थियो। अमेरिकी मोटर कम्पनी जेनरल मोटर्ससँगको साझेदारीमा कार उत्पादनमा हात हालेको भिनफास्टले ब्याट्रीका लागि बीएमडब्लूसँग साझेदारी गरेको छ।


प्रकाशित : बिहीबार , माघ ११ २०८००४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend