बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाली मूलका समीर मास्केले स्थापना गरेको फ्युज मसिनको २० करोड डलरमा मर्जर डिल, अमेरिकी स्टक नासड्याकमा सूचीकृत

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १० २०८०
नेपाली मूलका समीर मास्केले स्थापना गरेको फ्युज मसिनको २० करोड डलरमा मर्जर डिल, अमेरिकी स्टक नासड्याकमा सूचीकृत

अध्ययनका लागि अमेरिका गएका मास्केले सन् २०१३ मा फ्युज मसिन स्थापना गरेका थिए। आर्टिफिसियल इन्टेलिजेन्समा काम गर्ने यो कम्पनीले नेपालमा पनि काम गर्दै आएको छ।

काठमाडौं- नेपालबाट अध्ययनका लागि अमेरिका पुगेर त्यही स्टार्टप कम्पनी सुरू गरेका समीर मास्केको कम्पनी फ्युज मसिन इन्क अमेरिकी स्टक नासड्याकमा सूचीकृत भएको छ। 

मास्केको कम्पनी फ्युज मसिनले अमेरिकाकै लगानी व्यवस्थापन कम्पनीसँगको साझेदारिमा नासड्याकमा सूचीकृत भएको हो। यसका लागि २० करोड अमेरिकी डलरको मर्जर डिल भएको कम्पनीले जानकारी दिएको छ। 

लगानी व्यवस्थापन कम्पनी सीएसएलएम एक्वीजिसन कर्पसँगको व्यावसायिक साझेदारीमा सूचीकृत हुने भएको हो। सन् २०२४ को दोस्रो त्रैमाससभित्र फ्युज मसिन सार्वजनिक कम्पनीका रुपमा सूचीकृत हुने मास्केले बताएका छन्। 

‘एफयूएसई’ संकेतबाट यसको कारोबार हुनेछ। 

अध्ययनका लागि अमेरिका गएका मास्केले सन् २०१३ मा फ्युज मसिन स्थापना गरेका थिए। आर्टिफिसियल इन्टेलिजेन्समा काम गर्ने यो कम्पनीले नेपालमा पनि काम गर्दै आएको छ। 

फ्युज मसिनले पछिल्लो समय आफ्नो नाम  र काम परिवर्तन भएको छ। अमेरिकामै कार्यरत डा समिर मास्केले फ्युज मसिन इन्क नामको कम्पनी अमेरिकामा सञ्चालन गरिरहेका छन्। 

अहिले नै २ सय बढी नेपालीलाई रोजगारी दिएको यो कम्पनीले थप लगानी ल्याएर रोजगारी पनि बढाउने तयारी गरेको छ। लगानी विस्तारसँगै कम्पनीले ३ सय नेपालीलाई थप रोजगारी दिने भएको छ। 

फ्युज मसिनले नेपालमा आर्टिफिसिएल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्दै आएको छ। पछिल्लो लकडाउनका समयमा यसले फ्युज क्लासरुम बनाएको थियो। सरकारी तथा गैरसरकारी क्षेत्रमा सफ्टवेयर निर्माणको सेवा दिइरहेको यो कम्पनीले लगानी ल्याएर नेपालमा सेवा अझै विस्तार गर्ने योजना बनाएको छ। 


प्रकाशित : बुधबार, माघ १० २०८०१०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend