बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालमा ९ अर्ब लगानी थप्‍ने डाबरको प्रस्ताव

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
नेपालमा ९ अर्ब लगानी थप्‍ने डाबरको प्रस्ताव

भारत बाहेक डाबरले नेपाल,श्रीलंका,टर्की,बांगलादेश,युएइ,इजिप्ट,नाइजेरिया र दक्षिण अफ्रिकामा उत्पादन प्लान्ट राखेको छ।

काठमाडौं- बहुराष्ट्रिय कम्पनी डाबरले नेपालमा लगानी थप गर्ने प्रस्ताव गरेको छ। पेय,सौन्दौर्य तथा स्वास्थ्यवर्द्धक वस्तु उत्पादन गर्ने डाबरले नेपालमा लगानी थप गर्ने प्रस्ताव गरेको हाे।

कोरोनाको दोस्रो लहर अघि नै डाबरले नेपालमा लगानी थप गर्नका लागि अनुमति माग गर्दै प्रस्ताव गरेको थियाे।

कम्पनीले लगानी बोर्डसमक्ष लगानी थप गर्ने प्रस्ताव गरेको हो। नेपालमा ६ अर्बभन्दा माथिको कुनै पनि लगानीको स्वीकृति तथा सहजीकरण गर्ने जिम्मेवारी लगानी बोर्डले पाएको छ। साेही अनुसार डाबर बाेर्ड पुगेकाे हाे।

बोर्ड स्रोतका अनुसार कम्पनीले नेपाल अहिले रहेको उत्पादन विस्तारका लागि भन्दै ९ अर्ब नेपाली रुपैयाँभन्दा बढीको लगानी थप गर्ने प्रस्ताव गरेको छ।

बोर्डले कम्पनीको प्रस्तावमाथि अध्ययन भइरहेको जनाएकाे छ।

'डाबरको प्रस्ताव आएको छ। उसले नेपालमा आफ्नो भर्टिकल र होरिजेन्टल लाइनअप विस्तारका लागि लगानी थप गर्ने भनेको छ' बोर्ड स्रोतले भन्यो' अहिले भएकै उत्पादन प्रणालीको क्षमता विस्तार गर्ने तथा केही नयाँ उत्पादनहरु पनि ल्याउने कम्पनीले प्रस्ताव गरेको छ।'

कम्पनीको प्रस्तावमाथि छलफल गरेर बोर्डले लगानीको स्वीकृति दिने छ।

काठमाडौंमा कर्पोरेट कार्यालय रहेको डाबर नेपालमा ९७.५० प्रतिशत डाबर इन्डियाको स्वामित्व छ भने नेपाली साझेदारको २.५ प्रतिशतमात्र स्वामित्व रहेको छ।

२०४७ सालको परिवर्तनसँगै नेपाल आएको डाबरले पछिल्लो सयम नेपालमा जुस लगायतका वस्तुको उत्पादन गरि भारत निर्यात गर्दै आएको छ। 'निर्यातको सम्भावना बढी भएको वस्तुको उत्पादन क्षमता बढाउने कम्पनीको प्राथमिकता देखिन्छ ' बोर्ड निकट स्रोतले भन्यो।

रियल जुस, डावर च्यवनप्रास, डावर रेड टुथपेस्ट, हाजमोला, डावर अमला हेयर अयल, डावर हनी, डावर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिल, ह्यान्डवास लगायत डाबरका मुख्य उत्पादन हुन्।

डाबरले हर्वल प्लान्टको उत्पादनका लागि किसानहरुसँग सहकार्य गरिरहेको बताएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि किसानहरुलाई सहयोग गरिरहेको कम्पनीले जानकारी दिएको छ।

पछिल्लो समय डाबरले नेपालमा आफ्नो आम्दानी बढाउँदै लगेकाे छ। सन् २०२० मा कम्पनीले नेपालबाट ८ अर्ब ९३ करोड आम्दानी गरेको थियो। कोरोनाका कारणले २०१९ तुलनामा आम्दानीमा केही गिरावट आएको थियो। २०१९ मा कम्पनीले ९ अर्ब आम्दानी गरेको थियो।

भारत बाहेक डाबरले नेपाल, श्रीलंका, टर्की, बांगलादेश, युएइ, इजिप्ट, नाइजेरिया र दक्षिण अफ्रिकामा उत्पादन प्लान्ट राखेको छ।

भारतमै डाबरको स्थापना सन् १९८४ मा भएको थियो।

 


प्रकाशित : बुधबार, भदौ २३ २०७८०६:३१
  • सम्बन्धित विषय:

  • # डाबरनेपाल
  • # डाबर
  • # लगानीबोर्ड
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend