बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालमा हिरोको आधिकारिक बिक्रेता चौधरी समूहले लियो

सन् २०२४ को मार्चदेखि नेपालमै एसेम्बल हुने

सोमबार, माघ ८ २०८०
नेपालमा हिरोको आधिकारिक बिक्रेता चौधरी समूहले लियो

योसँगै चौधरी समूहले दुई पांग्रे सवारीको व्यापारमा चौधरी समूह प्रवेश गरेको छ।

काठमाडौं- चौधरी समूहले नेपालका लागि हिरोको आधिकारिक बिक्रेता लिएको छ। भारतीय अटो निर्माता कम्पनी हिरो मोटोकर्पबाट हिरोले  सीजी मोटर्सलाई वितरकका रुपमा छनौट गरेको हो।

यसअघि नेपालमा हिरोको आधिकारिक बिक्रेता रुप ज्योतिको एनजीएम हिरोसँग थियो। हिरो मोटोकर्पले नेपालका लागि आफ्नो वितरक परिवर्तन गर्न खोजेपछि विभिन्न समूहले चासो देखाएका थिए। 

हिरो र होन्डा अलग भएपछि सन् २०१४ देखि हिरोले नेपाली बजारमा प्रवेश गरेको थियो। सुपर स्पलेन्डर, एक्सपल्स नेपाली बजारमा रुचाइएका हिरोका मोटरसाइकल हुन्।  

योसँगै चौधरी समूहले दुई पांग्रे सवारीको व्यापारमा चौधरी समूह प्रवेश गरेको छ। विभिन्न ब्रान्डका चारपांग्रे सवारीको व्यापारमा संलग्न भएपनि दुईपांग्रेमा चौधरी समूह अहिले थिएन। 

सीजी मोटर्स र हिरोमोटोकर्पबीचको सम्झौतामा नेपालमै एसेम्बल गर्ने उल्लेख गरिएको दुई पक्षले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। हरित एसेम्बलिङ प्लान्टबाट नेपालमै उत्पादन गर्ने योजना रहेको उल्लेख गरिएको छ।

यसबाट थप रोजागरी तथा लगानी थपिने दाबी गरिएको छ। वार्षिक ७५ हजार युनिट उत्पादन क्षमताको प्लान्ट नवलपुरमा स्थापना गरिने घोषणा गरिएको छ। मार्च २०२४ देखि नै उत्पादन सुरू हुने उल्लेख गरिएको छ। 

हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सन्जय भानले चौधरी समूहसँगको साझेदारीबाट उत्साहित भएको बताएका छन्।  ‘नेपालको व्यावसायिक क्षेत्रमा धेरै अनुभव भएको चौधरी समूहसँगको साझेदारी फलदायी हुनेछ। नेपाल हाम्रा लागि महत्वपूर्ण बजार हो र हुनेछ’ उनले भनेका छन्। 


प्रकाशित : सोमबार, माघ ८ २०८०१७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend