बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ईन्टरनेट सेवामा उपभोक्ताको धेरै गुनासो

सोमबार, माघ ८ २०८०
ईन्टरनेट सेवामा उपभोक्ताको धेरै गुनासो

सुरुवाति चरणमा सेवाप्रदायकले नै गुनासो व्यवस्थापन गर्नुपर्ने दायित्व हुन्छ तर त्यहाँबाट सुनुवाइ नभएको उपभोक्तलाई महसुस भएमा प्राधिकरणमा दर्ता गराउन सकिन्छ। गुनासो आएपछि प्राधिकरणले गुनासो फर्स्यौट गर्छ।

काठमाडौं- दूरसञ्चार सेवामा उपभोक्ताको धेरै गुनासो इन्टरनेट सेवामै देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको विवरण अनुसार सेवा सम्बन्धि धेरै गुनासो इन्टरनेट केन्द्रित हुने गरेको छ। 

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार साउनदेखि असोजसम्म जम्मा ९६ वटा गुनासो प्राप्त भएकोमा त्यसको अधिकांश हिस्सा इन्टरनेटमै देखिएको छ। उक्त समयमा ७७ वटा गुनासो इन्टरनेटसँग सम्बन्धित देखिएका छन्। 

प्राधिकरणको उपभोक्ता गुनासो संकलन केन्द्रमा अधिकांश गुनासो इन्टरनेटको गतिसँग सम्बन्धित रहेको छ। इन्टरनेटसँग सबन्धित ७७ मध्ये ४६ वटा गुनासो इन्टरनेटको गतिसँग सबन्धित रहेका छन्। 

इन्टरनेट नचलेको १८ वटा र गति(वेग) घटबढ, सुस्त र प्याकेजसँग सम्बन्धित २८ वटा गुनासो केन्द्रमा दर्ता भएका थिए। त्यस्तै मर्मत समस्याका सम्बन्धमा ६, बिलिङ र क्षतिपूर्तिमा १०, राउटरमा २ र अन्यमा १३ वटा गुनासो दर्ता भएका थिए। 

भ्वाइस सेवामा भने न्यून गुनासो अभिलेख रहेको छ। बिलिङ र ब्यालेन्समा ४, डेटा प्याकेजमा ४, नेटवर्कमा ४ वटा गुनासो छन्। कूल भ्वाइसमा १९ वटा गुनासो रेकर्ड भएको प्राधिकरणले उल्लेख गरेको छ। 

कुनै पनि दूरसञ्चार सेवासँग सम्बन्धित गुनासो भएमा उपभोक्ताले नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा रहेको गुनासो व्यवस्थापन प्रणालीमा गएर आफ्नो समस्या राख्नसक्छन्। वेबसाइटमा गएर आफ्नो नाम दर्ता गरी सेवा र सेवाप्रदायकका सन्दर्भमा आफ्नो गुनासो राख्नसक्ने व्यवस्था रहेको छ। त्यस्तै फोन गरेर पनि गुनासो टिपाउन सकिने व्यवस्था रहेको छ।

सुरुवाति चरणमा सेवाप्रदायकले नै गुनासो व्यवस्थापन गर्नुपर्ने दायित्व हुन्छ तर त्यहाँबाट सुनुवाइ नभएको उपभोक्तलाई महसुस भएमा प्राधिकरणमा दर्ता गराउन सकिन्छ। गुनासो आएपछि प्राधिकरणले गुनासो फर्स्यौट गर्छ। 

 


प्रकाशित : सोमबार, माघ ८ २०८०१२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend