मंगलबार, जेठ १ गते २०८१    
images
images

आलुखेतीमा डढुवा कीराको संक्रमण, किसानलाई उत्पादन घट्ने चिन्ता

images
आइतबार, माघ ७ २०८०
images
images
आलुखेतीमा डढुवा कीराको संक्रमण, किसानलाई उत्पादन घट्ने चिन्ता
फाइल तस्बिर

जिल्लामा करिब १० देखि १५ प्रतिशतसम्म कीराले आलुखेती नष्ट गरेको जिल्लास्थित कृषि ज्ञान केन्द्र इनरुवाले जनाएको छ।

images
images

इनरुवा- चिसोका कारण सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको आलुखेतीमा डढुवा कीराको संक्रमण देखिन थालेपछि किसान चिन्तित भएका छन्। हुस्सु र शीतलहरका कारण सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएका आलु बालीमा डढुवाको संक्रमण बढेपछि किसान चिन्तित भएका हुन्।

images
images
images

जिल्लामा करिब १० देखि १५ प्रतिशतसम्म कीराले आलुखेती नष्ट गरेको जिल्लास्थित कृषि ज्ञान केन्द्र इनरुवाले जनाएको छ।

images

भोक्राहा नरसिंह गाउँपालिका-७ का राजकिशोर मेहताले दुई बिघा १० कठ्ठामा आलुखेती लगाएका छन्। उनले खेती सुरु गर्दा रू पाँच लाख ३४ हजार खर्च भएको बताए। मेहताले आलुको बीउमा एक लाख ३० हजार, मल खाद्यमा दुई लाख ३४ हजार, मजदुरका लागि एक लाख १४ हजार र अन्य विविधमा ५६ हजार रूपैयाँ भएको जानकारी दिए। यसअघि आलुखेतीबाट मनग्य आम्दानी भए पनि यस पटक सोचे अनुसारको आम्दानी नहुने उनको भनाइ थियो।

images
images

केही दिनयतादेखि बढेको चिसोका कारण आफूले लगाएको आलुमा रोगकिराको संक्रमण देखिन थालेपछि अहिले मेहतासहित यहाँका अधिकांश किसान चिन्तित छन्। बिहान र बेलुकाको समयमा बाक्लो हुस्सो र चिसोका कारण आलु खेतीमा रोग लागेपछि खेती नष्ट हुन थालेको उनले बताए।

images
images

आलुको बिरुवा सुक्दै जानु, पात झर्ने लगायत समस्या देखिन थालेको मेहताले बताए। चिसोबाट बचाउनका लागि औषधि छर्किएको भन्दै औषधिले प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो। रोग लागेपछि चार सय किलो आलु उत्पादन घट्ने अनुमान गरिएको उनले जानकारी दिए।

जिल्लामा राजकिशोर एक उदाहरण मात्र छन्। उनीसहित जिल्लाको हरिनगरा, देवानगन्ज, रामनगर भुटहा, गौतमपुर, कप्तानगन्जलगायत क्षेत्रका किसान यतिबेला खेती नष्ट हुन थालेपछि निराश भएका छन्।

श्रम तथा मजदुरीका साथै मल खाद्यको अभावका बीचमा किसानले आलुखेती गरेकामा लगानी गरेअनुसार प्रतिफल नआउने भएपछि किसान मर्कामा परेका भोक्राहा नरसिंह-७ का मङगल महतोले बताए। इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएको आलु बालीमा डढुवाको संक्रमण बढेपछि लाखौँको लगानी खेर जाने भएको उनको भनाइ थियो।

सर्वसाधारण किसानले ऋण काढेर लगाएको आलुखेती पुसको अन्तिम सातादेखि सुरु भएको शीतलहरका कारण डढुवा रोगको संक्रमण बढेपछि नष्ट हुँदै गएको इनरुवा-९ बबियाका किसान सत्यनारायण यादवले बताए।

कृषि ज्ञान केन्द्र इनरुवाले आलुखेती गर्ने किसानका लागि प्राविधिक सहयोगका साथै कार्यालयमा आएका किसानलाई निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आएको केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए। जिल्लामा आलुखेतीमा पच्छौटे डडुवा र अगौटे डडुवा रोगको संक्रमण देखिन थालेकाले आलु उत्पादनमा कमी आउने उनको भनाइ थियो। सुनसरीमा दुई हजार नौ सय ४३ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको कार्यालयले जनाएको छ।

कृषि क्षेत्रका लागि विनियोजन गरिएको बजेटमार्फत स्थानीय तहले कृषिलाई प्रवर्द्धन गर्न र आलुका साथै विभिन्न खेतीमा लाग्ने रोको संक्रमणबाट बालीलाई जोगाउन समयमै विषादीको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ। रासस

images

प्रकाशित : आइतबार, माघ ७ २०८००२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend