बुधबार, जेठ २ गते २०८१    
images
images

झापाको एउटै पालिकामा २५ सय बिघामा तोरीखेती

images
शनिबार, माघ ६ २०८०
images
images
झापाको एउटै पालिकामा २५ सय बिघामा तोरीखेती

प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालिकाको छ। हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ। अहिले यहाँका खेत तोरी फुलेर पहेँलपुर भएका छन्।

images
images

झापा- झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ। गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिए। गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो।

images
images
images

प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालिकाको छ। हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ। अहिले यहाँका खेत तोरी फुलेर पहेँलपुर भएका छन्।

images

हल्दीबारी-२ का कृषक डम्बरप्रसाद चम्लागाईँले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने विश्वास व्यक्त गरे। 'अरु बालीमा जस्तो झन्झट छैन', उनले भने, 'मूल्य पनि राम्रो छ।' गत वर्ष प्रतिमन छ हजार रूपैयाँमा तोरी बिक्री भएको उनले बताए। यो वर्ष झापाभरिमा सबैभन्दा बढी हल्दीबारीमा तोरी खेती गरिएको छ। 

images
images

तोरी मिल सञ्चालन गर्दै सहकारी

images
images

यता, हल्दीबारीमा एकता बहुउद्देश्यीय सहकारीले तोरीको तेल उत्पादन र प्रशोधन सुरु गरेको छ। कृषकले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन तथा बिक्री वितरण गरिरहेको संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बताए।

'किसानले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन गरिरहेका छौँ', उनले भने, 'सहुलियतमा किसानलाई कृषि सामग्री र मल-बीउ पनि उपलब्ध गराउने गरेका छौँ।' कृषकलाई तोरी खेती गर्न प्रौत्साहनसँगै उत्पादनलाई बजारीकरण गर्नका लागि तेल मिल सञ्चालन गरेको उनको भनाइ छ।

सुरुमा तेल मिलका लागि गाउँपालिकाले सहयोग गरेको थियो भने कृषि ज्ञान केन्द्र झापाले गत आव २०७९/८० मा सहकारीलाई तेल फिल्टर र प्याकेजिङ मेसिनका लागि १५ लाख रूपैयाँ अनुदानसमेत उपलब्ध गराएको छ। 'खाद्य गुणस्तरको अनुमति लिएपछि ब्रान्डिङ गरेर बजारमा लान्छौँ', उनले भने।

सहकारीले हाल खुद्रा खरिद गर्नेलाई चार सय २० रूपैयाँ प्रतिलिटर तेल बिक्री गरिरहेको छ भने ५० लिटरभन्दा बढी खरिद गर्नेलाई चार सय रूपैयाँ प्रतिलिटर दिने गरेको संस्थाकी व्यवस्थापक उमा राईले बताइन्। बजारमा पाइने अन्य तेलको तुलनामा महँगो भएकाले जिल्लाका सुपरमार्केट र डिपार्टमेन्ट स्टोरमा तेल बिक्रीका लागि राखिएको उनको भनाइ छ।

हल्दीबारीकै प्रभात बहुउद्देश्यीय सहकारीले समेत तोरी मिल सञ्चालनको तयारी थालेको छ। प्रभातलाई समेत कृषि ज्ञान केन्द्रले तोरी पेल्ने मेसिन र फिल्टर जडानका लागि रु १५ लाख अनुदान उपलब्ध गराएको छ।

'तेल उत्पादनका लागि ५० प्रतिशत लागत सहभागितामा अनुदान दिइएको थियो', निमित्त प्रमुख विष्टले भने, 'अघिल्लो वर्ष अनुदान दिए पनि यो वर्षदेखि कार्यान्वयनको चरण आउँदैछ।'

सहकारीले स्थानीयस्तरमै तोरीको तेल उत्पादन गरेर बिक्री गरिरहेका छन्। सहकारीले प्याकेजिङ गरेर बजारमा पुर्‍याउन प्रज्ञापन पत्र लिने तयारीसमेत गरिरहेका छन्। सहकारीद्वारा उत्पादित तेल तुलनात्मक रुपमा महँगो भए पनि गुणस्तर राम्रो भएकाले बजार राम्रो रहेको निमित्त प्रमुख विष्ट बताउँछन्। रासस

images

प्रकाशित : शनिबार, माघ ६ २०८०१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend