बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निजी क्षेत्रको पहिलो जलविद्युत आयोजना निर्माण गर्ने व्यवसायी श्रेष्ठ सम्मानित

बिहीबार , माघ ४ २०८०
निजी क्षेत्रको पहिलो जलविद्युत आयोजना निर्माण गर्ने व्यवसायी श्रेष्ठ सम्मानित

सम्मानका लागि इप्पानलाई धन्यवाद दिँदै व्यवसायी जीतबहादुर श्रेष्ठले आगामी दिनमा काम गर्नका लागि ऊर्जा मिलेको प्रतिक्रिया दिए।

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले व्यवसायी जीतबहादुर श्रेष्ठलाई सम्मान गरेको छ। १ मेगावाटभन्दा ठूलो पहिलो जलविद्युत आयोजना निर्माण गरेको भन्दै उनलाई सम्मान गरिएको हो।

श्रेष्ठ नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष हुन्। उनले यो कम्पनीको स्थापना गराएका हुन्। यो कम्पनीले ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना निर्माण गरेको थियो।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकामा आयोजना निर्माण भएर सञ्चालनमा छ। करिब २५ वर्षदेखि आयोजनाले व्यावसायिक उत्पादन गरिरहेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई सम्मानपत्र दिएका छन्। सम्मान कार्यक्रममा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको पनि उपस्थिति थियो।

श्रेष्ठ लामो समयदेखि विभिन्न व्यवसायसँगै सामाजिक कार्यहरुमा संलग्न हुँदै आएका छन्। श्रेष्ठ नेपाल बंगलादेश बैंकका संस्थापक अध्यक्ष हुन। उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका अध्यक्ष हुन। उनी एनबि इन्स्योरेन्सका संस्थापक अध्यक्ष हुन्। अहिले यो कम्पनी आईएमई जनरल इन्स्योरेन्स भएको छ।

उनी नेपाल क्यान्सर रिलिफ सोसाईटीका अध्यक्ष छन्। उनी विभिन्न अरु दर्जनौँ व्यवसायसँगै समाजसेवामा समेत संलग्न छन्।

सम्मानका लागि इप्पानलाई धन्यवाद दिँदै श्रेष्ठले आगामी दिनमा काम गर्नका लागि ऊर्जा मिलेको प्रतिक्रिया दिए। 


प्रकाशित : बिहीबार , माघ ४ २०८०१६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend