बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा साढे २ अर्ब लगानीमा २५० बेडको तारेहोटल बन्ने

शनिबार, मंसिर १८ २०७८
गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा साढे २ अर्ब लगानीमा २५० बेडको तारेहोटल बन्ने

काठमाडौं- चाबहिलमा निर्माणाधीन कोपीकृष्ण सेन्ट्रल कम्प्लेक्ससँगै तारेहोटल पनि बन्ने भएको छ। यसअघि मल्टिकम्प्लेसको योजनामा रहेका लगानीकर्ताले अहिले होटलसहितको गोपिकृष्ण सेन्ट्रल कम्प्लेस बनाउन लागेका हुन्। 

२ अर्ब ५० करोड रुपैयाँँको लागतमा तारेहोटल बनाउन उद्योग दर्ता भइसकेको छ। पहिले गोपिकृष्ण चलचित्र हल रहेको काठमाडौं महानगरपालिका ७ नम्बर बडामा उक्त सेन्ट्रल क्म्प्लेक्स बन्ने र कम्प्लेक्समा होटलसमेत निर्माण गर्न लागिएको हो।

होटलको स्थिर पुँजी २ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ रहेको छ भने चालु पुँजी ८ करोड ४५ लाख रुपैयाँ रहने छ। 

होटलमा २ सय ५० बेड रहने छ। जहाँ ४ सय सिट क्षमताको रेष्टुराँसमेत निर्माण हुने भएको छ। होटल सञ्चालनमा आएपछि १ सय ९८ जनाले रोजगारी पाउने छन्। स्थानीय लगानी रहेको होटलले  १ मेगावट बत्ती खपत गर्ने छ।

यसमा मुख्य लगानीकर्ता उद्धव पौडेल हुन्। फिल्मि उद्योगबाट उदाएका पौडेलले होटलमा समेत लगानी गर्न लागेका हुन्। यसअघि पनि होटल क्षेत्रमा उनको अनुभव रहेको छ। उनले यसअघि नै विराटनगरमा होटेल इन्टरनेशनल स्थापना गरेका थिए। 

यसअघि पौडेलले उक्त ठाउँमा गोपिकृष्ण मल्टिकम्प्लेक्स बनाउने योजना सार्वजनिक गरेका थिए। अहिले उक्त ठाउँमा पुराना भवन भत्काउने काम लगभग सकिएको छ। 

सञ्चालकले सपिङ मल बनाउने योजनाअनुसार, हल भत्काउन थालको थिए। तर अहिले होटल समेत बनाउने भन्दै उद्योग दर्ता भएको हो।

सुरुमा नयाँ बन्ने मल्टिकम्प्लेक्सको भवनमा २ तला पार्किङ, ४/५ तला सपिङ सेन्टर, लज, रेष्टुरेन्ट, स्विमिङ पूल बनाउने सञ्चालकहरूले बताएका थिए।


प्रकाशित : शनिबार, मंसिर १८ २०७८०८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend