सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा समस्या आउँदा ५ सय यात्रु प्रभावित

images
मंगलबार, माघ २ २०८०
images
नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा समस्या आउँदा ५ सय यात्रु प्रभावित

चारवटा जहाज भएको नेपाल एयरलाइन्सको एउटा जहाज मर्मतका लागि इजरायल पठाइएको छ। तीनवटामा थप अर्को पनि ग्राउन्डेड भएको यो मर्मतका लागि अझै समय लाग्ने देखिएको छ।

images
images

काठमाडौं- अन्तर्राष्ट्रिय उडानका लागि चारवटा जहाज भएको नेपाल एयरलाइन्सको एउटा जहाज आकस्मिक रुपमा ग्राउन्डेड हुँदा उड्नका लागि तयार भएका पाँच सय यात्रु प्रभावित भएका छन्। 

images
images
images

कतारको दोहा उड्न ठिक्क परेको जहाज आज बिहान १ बजे काठमाडौं विमानस्थलमा प्राविधिक समस्याका कारणले ग्राउन्डेड भएपछि काठमाडौं र कतारमा यात्रु प्रभावित भएका हुन्। 

images
images

उडानका लागि तयारीमा रहेको एयरलाइन्सको वाइडबडी जहाजको कम्प्युटिङ सेन्सरमा समस्या देखिएपछि थप मर्मत गर्नुपर्नेभन्दै ग्राउन्डेड गरिएको थियो। जहाजमा समस्या आएपछि काठमाडौंबाट उड्न तयार २७६ जना यात्रुलाई राति नै होटलमा राखिएको थियो। त्यस्तै आज दोहाबाट काठमाडौं आउनका लागि टिकट लिएका २५४ यात्रु प्रभावित भएका छन्। 

images
images

चारवटा जहाज भएको नेपाल एयरलाइन्सको एउटा जहाज मर्मतका लागि इजरायल पठाइएको छ। तीनवटामा थप अर्को पनि ग्राउन्डेड भएको यो मर्मतका लागि अझै समय लाग्ने देखिएको छ। 

बाँकी रहेका दुई जहाजबाट सेड्युलमा रहेका अरु उडान रद्ध नगरी कतारको उडान सम्भव देखिएको छैन। तत्काल ५ सयभन्दा बढी यात्रु र आधा दर्जन अरु उडान प्रभावित हुने भएका छन्।  


प्रकाशित : मंगलबार, माघ २ २०८०१०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend