सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

मेलम्ची खानेपानी आयोजनामा उद्घाटनको भद्दा मजाक भयो, फेरि पनि जोखिम नजरअन्दाज गरियो : बालेन

images
सोमबार, माघ १ २०८०
images
मेलम्ची खानेपानी आयोजनामा उद्घाटनको भद्दा मजाक भयो, फेरि पनि जोखिम नजरअन्दाज गरियो : बालेन

पानी ल्याउनेभन्दा पनि उद्घाटन मोहमा लागेर खेलवाड गरिएको उनको आरोप छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मेलम्ची खानेपानी आयोजनालाई सफल बनाउनेभन्दा पनि लाभ लिने र उद्घाटन गर्ने मजाको प्रतिस्पर्धा भएको आरोप लगाएका छन्। 

images
images
images

राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उद्घाटनको प्रतिस्पर्धामा लाग्ने तर पानी काठमाडौंमा ल्याउनतिर कोही नलाग्नु दु:खद भएको उनले उल्लेख गरेका छन्। 

images
images

सामाजिक सञ्जालमा व्यांग्यात्मक पोष्ट सेयर गर्दै प्रमुख बालेनले आयोजनाको सम्भावित जोखिम नजरअन्दाज गरिरएको आरोप लगाएका छन्। ‘कीर्तिमानको पछि नलागेर प्राविधिक जोखिम नलिएको भए खोलाबाट ल्याउने पानीमा त्यहाँसँगै आउने लेदो रोक्ने प्रणाली विकसित गर्न ध्यान दिइन्थ्यो। त्यो नगरेर मेलम्चीमा राज्यको अर्बौँ लगानीमात्र जोखिमपूर्ण बनाइएन, काठमाडौंवासीको स्वस्थ पानी पिउन पाउने हकलाई अवमूल्यन गरियो। र, देशव्यापीरूपमा नेपालमा केहि हुन सक्दैन भन्ने नकारात्मक धारणालाई बढावा दिन मलजल गर्यो। अनि सँगसँगै, व्यक्तिगत किर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौं झारेर उदघाटन गर्ने कुप्रथाको सुरूवात भयो। त्यसकै सिलसिलाको नयाँ संस्करणको उदघाटन आज प्रम पुष्पकमल दाहालबाट पनि भयो’ उनले लेखेका छन्। 

images
images

पानी ल्याउनेभन्दा पनि उद्घाटन मोहमा लागेर खेलवाड गरिएको उनको आरोप छ।

अहिले पनि प्राबिधिक जोखिमलाई नजरअन्दाज गरिएको उनले बताएका छन्। मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा रहेको र त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्ने उनले उल्लेख गरेका छन्। बालुवा भएको सुरूङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याउन लागिएकाले अहिले पनि उद्घाटनमै सिमित हुने उनले सचेत गराएका छन्। 


प्रकाशित : सोमबार, माघ १ २०८०१३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend