मंगलबार, जेठ १ गते २०८१    
images
images

सहरमा माग बढी भइरहेको मुस्ताङको आलु उत्पादन यसवर्ष घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २९ २०८०
images
images
सहरमा माग बढी भइरहेको मुस्ताङको आलु उत्पादन यसवर्ष घट्यो
फाइल तस्बिर

गत वर्ष ४८ करोड ९ लाख मूल्यबराबरको आलु उत्पादन भएकामा यसपाली ३१ करोड ८१ लाख रुपैयाँ बराबरको मात्रै भएको छ।

images
images

म्याग्दी- मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यसवर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको बताए। 

images
images
images

केन्द्रका अनुसार गत वर्ष ९ हजार ६ सय ३ मेट्रिक टन आलु उत्पादन भएकोमा  यस वर्ष ६ हजार ३ सय ६३ मेट्रिक टन आलु उत्पादन भएको छ।

images

'यसपालि आलुको बोट हुर्कने समयमा लगातार वर्षा हुँदा वृद्धि विकास राम्रो हुन सकेन', प्रमुख बस्ताकोटीले भने, 'डढुवा रोगका प्रकोप पनि आलु उत्पादन घट्नुको कारण हो।' 

images
images

स्थानीय तहका कृषि शाखासँग समन्वय गरी आलुको क्रप कटिङ गरिएको थियो। चैत-बैशाख महिनामा लगाइने आलु असोज-कात्तिक महिनामा भित्र्याउने गरिन्छ।

images
images

गत वर्ष प्रतिहेक्टर ३० दशमलव ७८ मेट्रिक टन आलु उत्पादन भएकामा यस वर्ष २० दशमलव दुई मेट्रिक टन फल लागेको छ। मुस्ताङको तीन सय १५ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ। अघिल्लो वर्षको तुलनामा यसपालि आलुखेती हुने क्षेत्रफल तीन हेक्टरले भएको थियो।

मुस्ताङमा उत्पादन हुने आलु पोखरा, काठमाडौं, चितवनलगायतका बजारमा खपत हुने गरेको छ। केन्द्रका अनुसार यहाँ उत्पादन हुने आलु २० प्रतिशत बीउ र १० प्रतिशत उपभोगका लागि खपत भइ बाँकी ७० प्रतिशत निकासा हुन्छ। आलु प्रतिकिलो सरदर ५० रुपैयाँका दरले बिक्री हुन्छ।

यहाँ गत वर्ष ४८ करोड ९ लाख मूल्यबराबरको आलु उत्पादन भएकामा यसपाली ३१ करोड ८१ लाख रुपैयाँ बराबरको मात्रै भएको छ। हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादिको प्रयोगबिना उत्पादन भएको आलुको बजारमा उच्च माग रहेको किसान रोशन थकालीको भनाइ छ। 

'प्रतिपाथी १ सय ५० रुपैयाँका दरले आलु बिक्री हुने गरेको छ', किसान थकालीले भने, 'एक पाथीमा करिब तीन केजी आलु हुन्छ।'

बारीमा नखन्दै व्यापारीले अग्रिम पैसा दिएर आलु खरिद गर्छन्। मुस्ताङ घुम्न जानेहरूले पनि कोसेलीका रूपमा आलु किनेर लैजाने गर्छन्। यहाँको आलु अन्यत्रको तुलनामा स्वादिलो हुने भएकाले मुस्ताङको आलुको माग सहरमा बढी हुने गरेको छ। 

आलु खेतीमा भेडा-च्याङग्रा, गाई, गोरु र चौँरीको मल प्रयोग हुन्छ। आलु खेतीका  लागि गण्डकी प्रदेश सरकारमार्फत चालु आर्थिक वर्षमा प्रतिरोपनी रु सात हजार पाँच सय अनुदान छुट्याइएको छ। रासस

images

प्रकाशित : आइतबार, पुस २९ २०८०१०:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend