बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ मा दोबर बोनस डेटा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २७ २०८०
एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ मा दोबर बोनस डेटा

काठमाडौं- एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा एक हजार एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

एनसेल आजियाटा लिमिटेडले मंगलबार (पुष २४) देखि लागु हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजनाअन्तर्गत प्रदान गर्दै आएको डेटा बोनसको भोल्युम दोबर बनाएको जनाएको छ।
 
यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा एक हजार एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्दछन्। यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुने एनसेलले जनाएको छ।

बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ। एनसेल सापटीमार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागु हुन्छ।
 
यसअघि प्रत्येक रिचार्जमा ५ सय एमबीसम्म डेटा पाइने गरि यो बोनस डेटा योजना मंसिर २५ बाट सञ्चालनमा ल्याइएको एनसेलले विज्ञप्तीमा उल्लेख गरेको छ। 


प्रकाशित : शुक्रबार, पुस २७ २०८०१३:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend