बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मोटरसाइकल मर्मतको सिप सिकाउने नि:शुल्क तालिमको अवसर, कसरी दिने आवेदन?  

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
मोटरसाइकल मर्मतको सिप सिकाउने नि:शुल्क तालिमको अवसर, कसरी दिने आवेदन?  

रोजगारीको सम्भावना भएका पाँच प्रकारका सिपका लागि नि:शुल्क तालिम दिने भन्दै प्रतिष्ठानले इच्छुक नागरिकबाट आवेदन माग गरेको छ। 

काठमाडौं-व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठानले पाँच प्रकारका सिपमुलक तालिमका लागि आवेदन माग गरेको छ। 

रोजगारीको सम्भावना भएका पाँच प्रकारका सिपका लागि नि:शुल्क तालिम दिने भन्दै प्रतिष्ठानले इच्छुक नागरिकबाट आवेदन माग गरेको छ। 

अटो मेकानिक्स,मोटरसाइकल मर्मत,इलेक्ट्रिकल, व्यूटिसियन र सिलाई कटाईको तालिम खुलेको हो।

यी सबै तालिम ३९० घण्टा अवधिका हुने छन्। तालिम सबै ललितपुरको भैसेपाटीस्थित प्रतिष्ठानमै हुने छन्। 

आवेदन माग गर्दै आज सूचना जारी गरेको प्रतिष्ठानले अवको २१ दिनभित्र आवेदन दिइसक्नुपर्ने बताएको छ। आवेदन दिनका लागि प्रतिष्ठानको वेबसाइटमा गएर डाउलोड गर्न सकिने छ। 

आठ कक्षा उत्तिर्ण, १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले यो तालिमका लागि आवेदन दिनसक्ने छन्। आवेदन दिंदा नेपाली नागरिकता र आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी फारमसँगै बुझाउनुपर्ने छ। 

आवेदनमाथि छनौट समितिको निर्णयअनुसार आवेदकहरुलाई अन्तर्वार्तामा बोलाइने छ। अन्तर्वार्ताबाट छनौट भएकाहरुले तालिममा सहभागी हुने अवसर पाउने छन्। यो तालिममा सहभागी हुनेहरुले खाने बस्ने  आफै व्यवस्था गर्नुपर्ने छ।

training.png

 


प्रकाशित : बुधबार, भदौ २३ २०७८०४:२४
  • सम्बन्धित विषय:

  • # सिप
  • # मोटरसाइकलमर्मत
  • # सिलाईकटाई
  • # व्यूटिसियन
  • # अटोमेकानिक्स
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend