बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

मौद्रिक नीतिको समीक्षापछि लगानीकर्तामा निराशा, एक सातामै १४५.५९ अंकले घटेको बजार आगामी साता के होला?

images
बिहीबार , मंसिर १६ २०७८
images
मौद्रिक नीतिको समीक्षापछि लगानीकर्तामा निराशा, एक सातामै १४५.५९ अंकले घटेको बजार आगामी साता के होला?
images
images

काठमाडौं- आर्थिक वर्ष २०७८/०७९को पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षापछिको एक साता नै सेयर बजारमा कुनै उत्साद देखिएन। समीक्षा पछिको साताभर नै सेयर बजारमा गिरावट आएको छ। बुधबार मात्रै झिनो अंकले बजार बढेको थियो। 

images
images
images

साताभरमा सेयर बजारमा १४५.५९ अंकले गिरावट आएको हो। साताको अन्तिम दिन बिहीबार नेप्से ४७.४७ अंकले घटेर बजार २५८६.१९ मा रोकिएको छ। बिहीबार कारोबार रकम बुधबारको तुलनामा भने केही बढेको छ। बुधबार २ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो भने बिहीबार ३ अर्ब ४१ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ। 

images
images

मौद्रिक नीतिको समीक्षाअघिको अन्तिम कारोबार भएको अघिल्लो साताको बिहीबार २७३१.७८ बिन्दुमा बजार रोकिएको थियो।

images
images

लगानीकर्ताले लामो सयदेखि मौद्रिक नीतिको समीक्षामा सेयर कर्जाका ४/१२ करोडको सीमा हट्ने र बजार माथि जाने आँकलन गरिरहेका थिए।

तर राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा ४/१२ करोडको कर्जा सीमा यथावत नै राखेको थियो। कर्जा सीमामा कुनै परिर्वतन नभएपछि समीक्षापछिको पहिलो कारोबार भएको दिन मंसिर १२ गते ८०.२९ अंकले गिरावट आएको सेयर बजारमा पुनः सोमबार २१.५१ अंकले गिरावट आएको थियो। मंगलबार भने सुरुदेखि बढ्ने र घट्ने भएको बजार अन्तिममा १.६४ अंकले घटेर थामिएको थियो।  

बुधबार भने झिनो अंक ५.२८ अंकले बजार बढेर २६३३.६६ मा रोकिएको थियो। सेयर विश्लेषकहरूले बजार जति घट्नु घटिसेको र ४/१२ करोडको सेयर कर्जा सीमालाई लगानीकर्ताले पचाइसेका कारण बजार तल नजाने बताइरहेका थिए। 

साताको पहिलो दिन आइतबार नै सेयर बजारमा भारी गिरावट आएपछि विश्लेषक विष्णु बस्यालले लगानीकर्ता समीक्षामा ४/१२ करोड सेयर कर्जा विषय संशोधन हुने आशा गरेको तर संशोधन नभएपछि आत्तिँदा बजार घटेको बताएका थिए। उनले लगानीकर्ताहरू त्रसित बन्दा केही दिन बजार घटे पनि २६२० अंकभन्दा तल नजाने बताएका थिए। तर बजार २६ सयभन्दा तल झरिसकेको छ।  

उनले बजार घट्ने जति घटिसकेको र अब व्याजदर स्थिर हुन थालेकोले विस्तारै बजारमा पैसा आउन थाल्ने बताएका थिए।

विश्लेषकहरूले केही दिन सेयर बजार ओरोलो लागे पनि बजार माथि नै जाने भन्दै लगानीकर्तालाई निराश नहुन आग्रह गर्दै आएका छन्।

बजार करेक्सन हुन पर्ने भए पनि अति नै तल झरेको र अब फेरि नयाँ रेकर्डतर्फ अगाडि बढेको विश्लेषकहरू बताउँछन्। तर बजार राम्ररी बढ्नका लागि अझै बैंकमा रहेको तरलता अभावको समस्या समाधान हुनुपर्ने सेयर विश्लेषकहरूको राय छ। 

नाेट: बिहीबार नेप्से ४७.४७ अंकले घटेको र सातामा १४५.५९ अंकले घटेको हुनपर्नेमा यसअघि अन्यथा भएकोमा सच्चाइएकाे छ।


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend