बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

६० वित्तीय संस्था होल्ड गरेर बसेको फोनपे घण्टौँदेखि अवरुद्ध, २ करोड सेवाग्राही मारमा

बुधबार, पुस २५ २०८०
६० वित्तीय संस्था होल्ड गरेर बसेको फोनपे घण्टौँदेखि अवरुद्ध, २ करोड सेवाग्राही मारमा

२०१९ देखि सञ्चालनमा आएको फोनपेमा प्राविधिकरुपमा पटकपटक समस्या आउने गरेको छ। बुधबार पनि फोनपेले घण्टौँसम्म सेवा सुचारु गर्न नसक्दा यसको मारमा बैंक वित्तीय संस्थासँगै सेवाग्राहीसमेत परेका छन्।

काठमाडौं- २ करोड भन्दा बढी प्रयोगकर्ता रहेको फोन पेको सेवा बुधबार बिहान ५ बजेदेखि सबै सेवा अवरुद्ध रहेको छ। जसका कारण बुधबार बिहानैदेखि सेवाग्राही समस्यामा परेका छन्।

कम्पनीले सेवा सञ्चालनका लागि प्रयास भइरहेको जनाएको भए पनि झन्डै ९ घण्टादेखि अवरुद्ध छ। पटक पटक समस्या आउँदा सेवाग्राही भने हैरानीमा पर्ने गरेका छन्।

६० भन्दा बढी बैंक, वित्तीय संस्था र वालेटका लगभग दुई करोड बढी प्रयोगकर्ताहरूलाई प्रत्यक्ष सेवा‍हरू उपलब्ध गराउँदै आएको फोनपेले घण्टौँसम्म सेवा सुचारु गर्न सकेको छैन। जसको मारमा बैंक वित्तीय संस्थासँगै सेवाग्राही परेका छन्।

यसले फोन पे तथा यसका सेवा प्राविधिकरुपमा कमजोर रहेको प्रष्ट देखिन्छ। विगतमा पनि पटक पटक अवरुद्ध हुने सेवा बुधबार भने गम्भीर समस्या आएको देखिन्छ।

बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिने एउटा सजिलो माध्यमका कारण लोकप्रिय भए पनि प्राविधिकरुपमा भने यसमा समस्या आउने गरेको छ। जसका कारण सेवाग्रही हैरानीमा पर्ने गरेका छन्।

फोन पे डाइरेक्टको प्रयोग गरी मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैंकको खातामा पठाउन सकिन्छ। 

नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेले एकै दिनमा १० अर्ब रूपैयाँभन्दा बढी भुक्तानी गर्ने गरेको दाबीसमेत गर्ने गरेको छ। २०१९ देखि सञ्चालनमा आएको फोनपेमा प्राविधिकरुपमा पटकपटक समस्या आउने गरेको छ।

कम्पनीले फोनपे नेपालमा पीटूयम (व्यक्तिदेखि व्यापारी भुक्तानी) खण्डमा ९९ प्रतिशत र पीटूपी (व्यक्तिदेखि व्यक्ति भुक्तानी) खण्डमा ६२ प्रतिशतको बजार हिस्सा लिएको दाबी गर्ने गरेको छ। तर कमजोर नियामकमाथि खेलेर सेवामा सबै हेलचेक्राइँ भने गर्दै आएको छ।

grahak.jpg


प्रकाशित : बुधबार, पुस २५ २०८०१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend