बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

सहज भएन तरलता व्यवस्थापन : ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १६ २०७८
images
सहज भएन तरलता व्यवस्थापन : ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ट्रेजरी बिल ‘सोझै खरिद’ गर्ने भएको छ। बैंकले बुधबार सूचना जारी गर्दै बिहीबार ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो। 

images
images
images

फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले बिहीबार २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ। बैंकले प्राप्त आवेदनका आधारमा शुक्रबार ट्रेजरी खरिद गर्नेछ।

images
images

बैंकका अनुसार बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘सोझै खरिद’ हो। यो उपकरणको केन्द्रीय बैंकले तोकिएको दिन भित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल माध्यमबाट खरिद गर्दछ र त्यस बापतको रकमा ती बोलकर्तालाई भुक्तानी गर्ने भएकाले बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ। 

images
images

राष्ट्र बैंकले प्रणालीमा तरलताको चाप पर्दा यस्ता उपकरणको निरन्तर प्रयोग गर्दै आएको छ। बैंक तथा वित्तीय सस्थाले स्थायी तरलता सुविधा, रिपोजस्ता उपकरणको प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन। बैंकको औषत कर्जा निक्षेप अनुपात मौद्रिक नीतिले ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरे पनि बढेर ९० दशमलव ८५ प्रतिशत पुगेको छ। यसले बजारमा लगानीयोग्य रकमको अभार रहेको पुष्टि हुन्छ। रासस


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०५:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend