बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

लगानीकर्ताको रोजाइमा परेका जीवन र महिला लघुवित्तमा अब्बल हुने प्रतिस्पर्धा, लाभांश क्षमता कति?

images
बिहीबार , मंसिर १६ २०७८
images
लगानीकर्ताको रोजाइमा परेका जीवन र महिला लघुवित्तमा अब्बल हुने प्रतिस्पर्धा, लाभांश क्षमता कति?
images
images

काठमाडौं- लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका दुई लघुवित्त जीवन विकास र महिला लघुवित्त वित्तीय संस्थामध्ये जीवन विकासले लाभांश घोषणा गर्न बाँकी छ। महिला लघुवित्तले ५० प्रतिशत लाभांश घोषणा गरेको छ। संस्थाले ४७.५ प्रतिशत सेयर लाभांश र यसमा लाग्ने कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

images
images
images

संस्थाले गत आर्थिक वर्षमा ९ करोड ९८ लाख रुपैयाँ नाफा गरेको थियो। उक्त नाफा अनुसार संस्थाको प्रतिसेयर आम्दानी ९२ रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश वितरण पछि भने संस्थाको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ पुग्नेछ।

images
images

त्यस्तै लाभांश वितरण गर्न बाँकी जीवन विकास लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ३० करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिको नाफा भने ६८ करोड ९५ लाख रुपैयाँ थियो। उक्त नाफाका आधारमा संस्थाको प्रतिसेयर आम्दानी ११३ रुपैयाँ रहेको छ। 

images
images

तुलनात्मक रुपमा जीवन विकास चुक्ता पुँजी, जगेडा कोष, नाफा र प्रतिसेयर आम्दानीमा अगाडि छ। प्रतिसेयर नेटवर्थमा मात्रै महिला लघुवित्त अगाडि रहेको छ। महिलाको नेटवर्थ ३२० रुपैयाँ रहेको छ भने जीवन विकासको ३१५ रुपैयाँ छ।

एक वर्षको अवधिमा दोस्रो बजारमा भएको कारोबारलाई हेर्ने हो भने जीवन विकासकै सर्वाधिक धेरै रहेको पाइन्छ। दोस्रो बजारमा संस्थाको सेयर सूचीकृत पछि जीवन विकासको सेयर मूल्य सर्वाधिक ५७४९ रुपैयाँसम्म पुगेको थियो। तर महिलाको भने सर्वाधिक धेरै ५५१६ रुपैयाँसम्म पुगेको थियो।     

सर्वाधिक लाभांश घोषणा गरेको महिलाको बजार मूल्य पछिल्लो समय लगातार बढी रहेको छ। नेपाल राष्ट्र बैंकले लाभांश घोषणालाई निरूत्साहित गरिरहेको अवस्थामा महिलाको बम्पर लाभांशले लगानीकर्ता हौसिएका छन्।

जीवन विकासले पनि बम्पर लाभांश घोषणा गर्न सक्ने अनुमानसँगै दोस्रो बजारमा लगातार मूल्य बढ्ने क्रम छ। बिहीबारको कारोबार अनुसार जीवन विकासको सेयर मूल्य ४५५० रुपैयाँ पुगेको छ। संस्थाको लाभांश दिने सक्ने क्षमता भए पनि राष्ट्र बैंकले के गर्ला भन्ने अन्योलताले लगानीकर्ताहरु डराएका छन्।

अर्कोतर्फ महिला लघुवित्तको चुक्ता पुँजी तुलनात्मक रुपमा कम छ। जसले गर्दा दोस्रो बजारमा संस्थाको सेयर सप्लाई पनि कम रहेको छ। जीवन विकासको चुक्ता पुँजी धेरै भएकाले दोस्रो बजारमा सेयर सप्लाइ बढी छ। यसले गर्दा संस्थाको सेयर मूल्य कहि बढ्ने वित्तीकै सेयर सप्लाइ बढ्छ। यदि संस्थाले राम्रो लाभांश दियो भने संस्थाको सेयर मूल्य धेरै नै माथि पुग्न सक्ने अनुमान गर्न सकिन्छ।

jiwan mahila.jpg


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend