बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

बुद्धभूमि हाइड्रोपावरका सेयरधनीले सुरूमै २५२० रूपैयाँ कमाउने, कहिले होला कारोबार?

images
बिहीबार , मंसिर १६ २०७८
images
बुद्धभूमि हाइड्रोपावरका सेयरधनीले सुरूमै २५२० रूपैयाँ कमाउने, कहिले होला कारोबार?
images
images

काठमाडौं- बुद्धभूमि नेपाल हाइड्रोपावरका प्राथमिक सेयरधनीहरुले पहिलो दिनमै २ हजार ५ सय २० रुपैयाँ कमाउने देखिएको छ।

images
images
images

कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम ८४.०५ रुपैयाँदेखि अधिकतम २५२.१५ रुपैयाँको रेञ्ज पाउने देखिन्छ। यदि अधिकतम रेञ्जमा कारोबार भयो भने लगानीकर्ताले पहिलो दिनमै २ हजार ५ सय २० रुपैयाँ कमाउने छन्।

images
images

पहिलो कारोबारको लागि कम्पनीले किताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन्। कम्पनीको आर्थिक वर्ष ७६/७७ को वास्तविक नेट्वर्थ ८४.०५ रुपैयाँ छ। 

images
images

नियमअनुसार पहिलो कारोबार हुनुभन्दा अगाडि स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्जभित्र कारोबार हुनुपर्छ। त्यसपछि मात्र कम्पनीको नियमित समयमा सेयर कारोबार सुरु हुन्छ। 

कम्पनीको आईपीओ बाँडफाँटमा ७४ हजार ४ सय जनाले  १०/१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशनमा गरेको थियो।

यसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। अर्को १६ हजार कित्ता कर्मचारीलाई दिएको थियो। बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणले पाएका थिए।

कम्पनीले विकास गरिरहेको आयोजनाको जडित क्षमता ४.९९ मेगावाट छन्। यसको प्रति मेगावाट लागत २३ करोड ८० लाख रुपैयाँ छ।

तर अहिलेसम्म पनि सेयरधनीहरुको डिम्याटमा सेयर आउन सकेको छैन। दोस्रो बजारमा कारोबारका लागि कम्पनीले नेपाल स्टक एक्सचेन्जसँग सम्झौता गर्नुपर्छ। त्यसपछि मात्रै दोस्रो बजारमा कारोबार सुरु हुनेछ।


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०३:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend