बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

स्टार्टअप इकोसिस्टम निर्माणमा वरिष्ठ उपाध्यक्ष ढकालको जोड 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १५ २०७८
images
स्टार्टअप इकोसिस्टम निर्माणमा वरिष्ठ उपाध्यक्ष ढकालको जोड 

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले यस्ता नवप्रवर्तन व्यवसायीहरु र स्टार्टअपलाई सहजीकरण र सहयोग गरेका बताउँदै उनले विशेषगरी महिला र युवाहरुलाई महासंघले सहयोग गरेको बताए। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियामा स्टार्टअप इकोसिस्टमलाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी भएको बताएका छन्। 

images
images
images

बुधबार अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकाललले कमजोर इकोसिस्टमका कारण दक्षिण एसियामा स्टार्टअप व्यवसायले धेरै समस्या झेल्नुपरेको बताउँदै यसको सहजीकरणका लागि राज्य र निजी क्षेत्रबीच बहिलो सहकार्यको जरुरी रहेको बताएका छन्। 

images
images

उनले दक्षिण एशियामा ठूलो बजारका कारण स्टार्टअप व्यवसाय वृद्धिको अपार सम्भावना रहेको र यस क्षेत्रमा स्टार्टअपहरुलाई अनुकूल वातावरण समेत रहेको बताए। 

images
images

'विशेषगरी युवा व्यवसायी जोसँग अहिलेको प्रविधि र व्यवसाय गर्ने नयाँ नयाँ तरिकाको बारेमा राम्रो ज्ञान छ, त्यस्ता नवप्रवर्तन व्यवसायी र स्टार्टअप व्यवसायहरुको सम्भावना यस क्षेत्रमा निकै बढ्दो छ' उनले भने। 

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले यस्ता नवप्रवर्तन व्यवसायीहरु र स्टार्टअपलाई सहजीकरण र सहयोग गरेका बताउँदै उनले विशेषगरी महिला र युवाहरुलाई महासंघले सहयोग गरेको बताए। 

'महासंघले आईहब र स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत महिला तथा युवा व्यवसायीहरुलाई विशेष सहयोग तथा सहजीकरण गर्ने गरेको छ' उनले भने,


प्रकाशित : बुधबार, मंसिर १५ २०७८१२:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend