बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालको ‘मुनाल स्याटेलाइट’ प्रक्षेपणमा ईस्रोले सहयोग गर्ने

बिहीबार , पुस १९ २०८०
नेपालको ‘मुनाल स्याटेलाइट’ प्रक्षेपणमा ईस्रोले सहयोग गर्ने

यो सम्झौता अनुसार ईस्रोले स्याटेलाइट प्रक्षेपणका लागि लञ्च भेहिकल उलब्ध गराउने भएको छ।

काठमाडौं- नेपाल र भारतबीचमा स्याटेलाइट लञ्च सर्भिस सम्बन्धि सैद्धान्तिक सम्झौता भएको छ। 

भारतीय अन्तरिक्ष  अनुसन्धान संस्था(ईस्रो)को तर्फबाट न्यू स्पेस इन्डिया लिमिटेड र नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान बीचमा स्याटेलाइट सेवा सम्बन्धि सम्झौता भएको छ। 

यो सम्झौता अनुसार ईस्रोले स्याटेलाइट प्रक्षेपणका लागि लञ्च भेहिकल उलब्ध गराउने भएको छ। 

नास्टले र अन्तरिक्षा प्रतिष्ठानको सहकार्यमा विद्यार्थीहरूले विकास गरेको मुनाल नानो स्याटेलाइट प्रक्षेपणका लागि इस्रोले नि:शुल्क प्रक्षेपण सेवा दिने भएको छ। 

यसअघि प्रक्षेपणन गरिएकै नानो स्याटेलाइट जस्तै मुनाल पनि प्रक्षेपणको तयारी भइरहेको छ। यसअघि अमेरिकाबाट प्रक्षेपण गरिएको थियो। 

यसअघि नास्टको मातहतमा रहेको समूहले नै विद्यार्थीहरूलाई प्रशिक्षण दिएर विकास गरिएको मुनाल स्याटेलाइटमा केही नयाँ फिचर्स थपिएको नास्टाका सचिव रविन्द्रप्रसाद ढकालले जानकारी दिए। 

यही स्याटेलाइटको प्रक्षेपणका लागि ईस्रोले सहयोग गर्नेगरि सम्झौता भएको हो। स्याटेलाइट प्रक्षेपणपछि यसको ग्राउन्ड स्टेसनका रुपमा नास्टमा अहिले भएकै संयन्त्र सक्रिय हुनेछ। 


प्रकाशित : बिहीबार , पुस १९ २०८०१७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend