मंगलबार, जेठ १ गते २०८१    
images
images

दार्चुलाका किसान ओखरखेतीतर्फ आकर्षित

images
मंगलबार, पुस १७ २०८०
images
images
दार्चुलाका किसान ओखरखेतीतर्फ आकर्षित

दार्चुलाको शैल्यशिखर नगरपालिकाको एउटै वडाबाट बर्सेनि ३० लाख रूपैयाँभन्दा माथिको ओखर बाहिर निर्यात हुने गरेको छ। यस वर्षमा जिल्लामा एक हजार पाँच सय ५५ मेट्रिकटन ओखर उत्पादन भएको थियो।

images
images

खलंगा- दार्चुला ओखरखेतीका लागि परिचित छ। ओखरखेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन्। सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि यहाँका किसान उक्त खेतीतर्फ थप आकर्षित भएका हुन्।

images
images
images

विगतदेखि नै ओखरखेती गर्दै आएका शैल्यशिखर नगरपालिका-६ का विष्णुसिंह धामीले ओखर खेतीलाई थप विस्तार गर्दै आएका छन्। बुवा र बाजेले लगाएका पाँच/दश बोटबाट खेती सुरु गरेका धामीको बारीमा अहिले साना र ठूलो गरेर एक सय ७५ ओखरका बोट छन्।

images

हाल उनको बारीमा भएका ६५ बोटले उत्पादन दिइरहेका र बारीबाटै बेर्ना समेत बिक्री हुँदै आएको छ। धामीले भने, 'बेर्ना कम उत्पादन भयो एक हजार बेर्नाको अर्डर थियो आवश्यकभन्दा कम बेर्ना उत्पादन भए।'

images
images

बेर्ना बनाएर बोट उमार्न निकै कठिन हुने उनको भनाइ थियो। धामीले आफ्नो उत्पादन दार्चुलाको गोकुलेश्वर, डडेलधुराको स्याउलेदेखि धनगढी महेन्द्रनगरसम्म निर्यात गर्दै आएका छन्। यहाँ उत्पादन भएका र गाउँघरबाट पनि उत्पादित ओखर संकलन गरेर पनि बजारसम्म पुर्‍याउने काम पनि गर्दै आएका धामीले आफ्नो मात्रै ओखर बेचेर वार्षिक दुई लाख रूपैयाँसम्म आम्दानी हुने गरेको बताए।

images
images

ओखर खेतीले पछिल्लो समय राम्रो बजार लिइरहे पनि स्थानीय सरकारले यसका लागि कुनै पनि पहल नगरेको अर्का किसान शिवसिंह धामीले बताए। उक्त वडामा मात्र बर्सेनि २५ लाखदेखि ३० लाख रूपैयाँभन्दा माथिको ओखर बाहिर निर्यात हुने गरेको छ भने मालिकार्जुन गाउँपालिकाको केही भू-भागमा पनि ओखर निक्कै फल्ने गर्दछ।

सरकारले ओखरखेतीमा केही सहयोग गरे आफूहरु झन् आकर्षित हुने सम्बद्ध किसानको भनाइ थियो। सरकारले विसं २०७८ देखि दार्चुलालाई ओखर पकेटक्षेत्रका रुपमासमेत घोषणा गरेपछि धामीसहित यहाँका किसान ओखर खेतीतर्फ थप आकर्षित भएका हुन्। ओखरको बेर्ना सार्न माघ महिनामा उत्तम हुने कृषि ज्ञानकेन्द्रका कृषि अधिकृत शिशिर आचार्यले बताए।

दार्चुलामा एक सय ७५ हेक्टर जमिनमा ओखरखेती गरिए पनि हाल एक सय ५० हेक्टर जमिनमा उत्पादन भइरहेको उनको भनाइ थियो। यस वर्षमा जिल्लामा एक हजार पाँच सय ५५ मेट्रिकटन ओखर उत्पादन भएको थियो। रासस

images

प्रकाशित : मंगलबार, पुस १७ २०८००५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend