बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सामाजिक सञ्जाल प्ल्याटफर्मले नेपाली कन्टेन्टको पनि तथ्य जाँच गर्नु पर्ने

मंगलबार, पुस १७ २०८०
सामाजिक सञ्जाल प्ल्याटफर्मले नेपाली कन्टेन्टको पनि तथ्य जाँच गर्नु पर्ने

हाल एक्स र फेसबुक जस्ता प्ल्याटफर्मले विश्वव्यापी कन्टेन्ट र त्यसमा पनि अंग्रेजी भाषाका सामग्रीमा तथ्यजाँच गर्दै आएका छन्।

काठमाडौं-  सामाजिक सञ्जाल प्ल्याटफर्मले नेपालबाट प्रकाशित र प्रसारित भएका सामग्रीको पनि तथ्य जाँच गर्नपर्ने छ। 

सामाजिक सञ्जाललाई नियमन गर्नका लागि ऐनका लागि बनेको विधेयकको मस्यौदामा सामाजिक सञ्जाल प्ल्याटफर्मले नेपाली सामग्रीको पनि तथ्य जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ। 

नेपालभित्र सञ्चालनका लागि अनिवार्य शर्तका रुपमा राखिएको यो व्यवस्था अनुसार कुनै पनि प्ल्याटफर्मले नेपालबाट प्रकाशित भएका सामग्रीको तथ्यजाँचको व्यवस्था गर्नुपर्ने भएको छ। 

हाल एक्स र फेसबुक जस्ता प्ल्याटफर्मले विश्वव्यापी कन्टेन्ट र त्यसमा पनि अंग्रेजी भाषाका सामग्रीमा तथ्यजाँच गर्दै आएका छन्। 

कुनै पनि सामग्रीको विश्वासनीयता परीक्षण गर्दै सञ्चालकहरूले तथ्यजाँच गर्नुपर्ने भएको छ। यदि यो व्यवस्था लागू भएमा नेपालका प्रयोगकर्ता तथा मिडिया आउटलेटबाट प्रकाशित सामग्रीको तथ्यजाँच हुने र फर्जी भएमा त्यसमा लेवल पनि लाग्नसक्ने भएको छ। 

त्यस्तै कुनै निश्चित सामग्रीको फैलावट रोक्नेगरी अल्गोरिदम निर्माण गर्नका लागि सरकारले निर्देशन दिन सकिने व्यवस्था पनि विधेयकमा गरिएको ५। 

यसअघि निर्देशिकाबाट नियमन गर्न खोजेको सरकारले अब भने ऐन बनाएरै नियमन गर्ने भएको छ। सुझावका लागि सार्वजनिक गरिएको मस्यौंदामा नेपालमा सामाजिक सञ्जाल सञ्चालनका लागि कडा नियमनको प्रस्ताव गरिएको छ। 


प्रकाशित : मंगलबार, पुस १७ २०८०१०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend