आइतबार, जेठ ६ गते २०८१    
images
images

अडानी समूहले बिहारमा सिमेन्ट उद्योग खोल्दै, नेपालबाट क्लिंकर लैजाने तयारी

images
सोमबार, पुस १६ २०८०
images
images
अडानी समूहले बिहारमा सिमेन्ट उद्योग खोल्दै, नेपालबाट क्लिंकर लैजाने तयारी

अडानी समूहले नै नेपालबाट क्लिंकर लिन थालेपछि भने यो आँकडा कयौं गुणा बढ्ने उद्योगीहरूको भनाइ छ।

images
images

काठमाडौं- भारतका धनाढ्य गौतम अडानीले नेपालसँग सीमा जोडिएको बिहार प्रदेशमा लगानी विस्तारको घोषणा गरेका छन्। 

images
images
images

अडानी समूहले बिहारमा थप ८७ अर्ब भारू लगानी गर्ने घोषणा गरेको छ। अडानी समूहका निर्देशक प्रणव अडानीले केही समय पहिले बिहारमा आएर यस्तो घोषणा गरेका थिए। 

images

अडानी समूहले बिहारमा लजिस्टिक, सिमेन्ट उत्पादन, कृषि तथा अन्य सेवामा लगानी गर्ने घोषणा गरेको छ। १० हजार रोजगारी सिर्जना गर्नेगरी बिहारमा लगानी विस्तारको योजना समूहले अघि सारेको छ। 

images
images

अडानी समूहले बिहारमा सिमेन्टका दुई उत्पादन युनिट स्थापना गर्ने घोषणा गरेको छ। २५ अर्ब भारू लगानीमा सिमेन्ट उत्पादन उद्योग स्थापना गर्ने घोषणा अडानी समूहले गरेको छ।

images
images

अडानी समूहले लगानी विस्तार गर्दा नेपालका उद्योगीहरू पनि उत्साहित भएका छन्। भारतकै ठूलो सिमेन्ट उत्पादक अडानी समूहले बिहारमा पनि उद्योग खोल्दा नेपालबाट पनि क्लिंकर लिनेछ। 

अडानी समूहले नेपालबाट क्लिंकर लैजानका लागि प्रारम्भिक छलफलसमेत अघि बढाइसकेको छ। ठूलो मात्रामा उत्पादन गर्ने भारतकै ठूलो उत्पादक भएकाले नेपाली सिमेन्ट निर्यातका लागि सुखद हुने उद्योगीहरूले बताएका छन्। 

अहिले नेपालमा सिमेन्ट उत्पादन गरिरहेका उद्योगले अडानी समूहका प्रतिनिधिहरूसँग एक चरणको छलफल गरिसकेका छन्। यदि अडानीले नेपालबाट क्लिंकर लगेको खण्डमा कतिपयले धुलो सिमेन्ट उत्पादन नै छाड्न सक्ने सम्भावना देखिएको छ। 

अडानी समूहले केही उद्योगसँग सम्झौताकै तयारी गरिरहेको छ। उनीहरूको मुख्य चासो गुणस्तर र मूल्यमा छ। उनीहरूले भारतकै अन्य ठाउँबाट ल्याउनुभन्दा यहाँको सस्तो हुनुपर्ने तर्क गरेका छन्।

यसअघि अडानी समूह र नेपालको चौधरी समूहले सिमेन्टमा साझेदारी गर्ने सम्झौता गरिसकेका छन्। चौधरी समूह र अडानीबीचमा नेपालबाट सिमेन्ट निर्यात गर्ने रणनीतिक सम्झौता गरिसकेका छन्। 

अडानीले चौधरीसँगै अन्य उद्योगसँग पनि सम्झौताको तयारी गरिरहेको छ। 

पछिल्लो समय नेपालबाट अहिले भारततर्फ आधा दर्जनजति सिमेन्ट उद्योगले सिमेन्ट निर्यात गरिरहेका छन्। चालु आर्थिक वर्ष  २०८०/०८१ को पाँच महिना अर्थात् साउनदेखि मंसिरसम्ममा नेपालबाट भारततर्फ १ अर्ब ४९ करोड २३ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको छ।

भन्सार विभागका अनुसार ५ महिनामा  सिमेन्ट क्लिङकर र  सिमेन्ट खैरो गरी १३ लाख २९ हजार ३ सय ७ टन निर्यात भएको छ। जसमा सिमेन्ट क्लिङकर २ लाख २ हजार १ सय ९ टन र सिमेन्ट खैरो ११ लाख २७ हजार १ सय ९८ टन निर्यात भएको छ। चालु आवको पाँच महिनामा गत आवको सोही अवधिको भन्दा ७१ करोड ३० लाख रुपैयाँ बढी हो। गत आवको पाँच महिनामा जम्मा ७७ करोड ९३ लाख ५ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो।

अडानी समूहले नै नेपालबाट क्लिंकर लिन थालेपछि भने यो आँकडा कयौं गुणा बढ्ने उद्योगीहरूको भनाइ छ। 

सिमेन्ट निर्यातमा सरकारले अनुदान दिने घोषणा गरेसँगै सिमेन्ट निर्यातमा उत्साह सुरु भएको हो। सरकारी तवरबाट पहिले विगतका पुरानो बाँकी रहेकाहरूलाई निर्यात अनुदान दिएपछि मात्रै सिमेन्ट उद्योगीले अनुदान तथा छुट पाउने बताएका छन्। सिमेन्ट निर्यात गरिरहेका उद्योगीहरूले ३/३ महिनामा विवरण बुझाए पनि अनुदान फिर्ता रकम नपाएको बताए।

सरकारले अनुदान फिर्ताको कार्यविधि बनाए पनि कार्यान्वयनमा नआएको उनीहरूको भनाइ छ। व्यवसायीले अहिले अनुदान रकम पाउने आशामै उधारोमा सिमेन्ट निर्यात गरिरहेको उद्योगीहरू बताउँछन्। जतिसक्दो छिटो अनुदान फिर्ताको निर्णय कार्यान्वयनमा जान्छ त्यति निर्यातमा उत्साह हुने उद्योगीको तर्क छ।


प्रकाशित : सोमबार, पुस १६ २०८०११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend