बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

कृषि कर्जामा बेथिति : जहाँ खेती हुन्छ त्यहाँ थोरै, नहुने ठाउँमा धेरै

images
बुधबार, मंसिर १५ २०७८
images
कृषि कर्जामा बेथिति : जहाँ खेती हुन्छ त्यहाँ थोरै, नहुने ठाउँमा धेरै

कृषि बाली र पशुपन्छी उत्पादनमा काठमाडौंको हिस्सा कमजोर छ। 

images
images

काठमाडौं- बागमती प्रदेशमा कृषि कर्जा प्रवाहमा बेथिति देखिएको छ। 

images
images
images

खेती किसानी धेरै हुने जिल्लामा न्यून कर्जा र खेती थोरै हुने जिल्लामा उच्च कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययनअनुसार यस्तो देखिएको हो। 

images
images

२०७८ सालको मसान्तसम्मको विवरणअनुसार खेती हुने ठाउँमा न्यून कर्जा र खेती थोरै हुने ठाउँमा धेरै कर्जा प्रवाह भएको देखिएको छ। २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट बागमती प्रदेशको कृषि क्षेत्रमा १ खर्ब १० करोड कर्जा पुगेको छ। 

images
images

राष्ट्र बैंकको विवरणअनुसार १३ जिल्लामा सबैभन्दा धेरै कृषि बाली उत्पादन सिन्धुलीमा हुने गरेको छ। प्रदेशको कूल कृषि उत्पादनमा २९ प्रतिशत सिन्धुलीमा हुन्छ।

त्यस्तै दोस्रो धेरै उत्पादन हुने चितवनमा २१ प्रतिशत उत्पादन हुन्छ। त्यस्तै काभ्रेपलाञ्चोक ११, धादिङान ८, रामेछापान ६ , सिन्धुपाल्चोकान ७ प्रतिशत उत्पादन हुन्छ। यो सूचीमा काठमाडौं अन्तिममा छ। 

agir.png

त्यस्तै पशुपन्छीजन्य उत्पादनमा बागमतीमा सबैभन्दा धेरै चितवन छ। चितवनमा ८० प्रतिशत उत्पादन हुन्छ। चितवनपछि दोस्रोमा सिन्धुलीमा ७ प्रतिशत र मकवानपुरमा ४ प्रतिशत छ। यो सूचीमा काठमाडौं १.६ प्रतिशतसहित पाँचौ नम्बरमा छ। 

कृषि बाली र पशुपन्छी उत्पादनमा काठमाडौंको हिस्सा कमजोर छ। 

agriculture.png

उत्पादनमा न्यून भएपनि कृषिकै लागि भनेर जाने ऋण भने काठमाडौंमा धेरै रहेको छ। राष्ट्र बैंकका अनुसार काठमाडौंमा ४२.२ प्रतिशत ऋण काठमाडौंमै प्रवाह भएको छ।

यसको ठिक उल्टो धेरै कृषि उत्पादन हुने सिन्धुलीमा भने कूल कर्जाको १ प्रतिशतमात्र रहेको छ। चितवनमा ३२.२ प्रतिशत, मकवानपुरमा ५.४ प्रतिशत, काभ्रेपलाञ्चोकमा ४.६ प्रतिशत, धादिङमा ३.५ प्रतिशत ऋण प्रवाह भएको छ। 

credit.png

त्यस्तै नुवाकोटमा  ३.२ प्रतिशत, ललितपुरको २.५ प्रतिशत, भक्तपुर जिल्लामा २.० प्रतिशत, सिन्धुलीको १.७ प्रतिशत, सिन्धुपाल्चोकमा १.१ प्रतिशत, दोलखामा ०.६ प्रतिशत, रामेछापमा ०.६ प्रतिशत र रसुवामा ०.५ प्रतिशत ऋण प्रवाह भएको छ।


प्रकाशित : बुधबार, मंसिर १५ २०७८०६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend