सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

सालघारीमा बगरखेती गर्ने किसानलाई अनुदान

images
मंगलबार, पुस १० २०८०
images
सालघारीमा बगरखेती गर्ने किसानलाई अनुदान
फाइल तस्बिर

बगरखेतीमा संलग्न परिवारको आयस्तरमा वृद्धि गर्नका लागि बगरखेतीमा अनुदान दिइएको वडाध्यक्ष अर्जुन साउदले बताए।

images
images

कञ्चनपुर- कृष्णपुर नगरपालिका-२ बंक सालघारीमा बगरखेती गर्ने किसानलाई आज निःशुल्क अनुदानमा रासायनिक मल वितरण गरिएको छ। वडा कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट ८० जना किसानलाई डिएपी रासायनिक मल वितरण गरेको हो।

images
images
images

कल्पना किसान समूहमार्फत बगरखेतीमा संलग्न किसानलाई १७ किन्टल डिएपी मल अनुदानमा वितरण गरिएको वडाध्यक्ष अर्जुन साउदले बताए। 'बगरमा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले ८० जना किसानलाई २१ किलो २५ ग्रामका दरले रासायनिक मल वितरण गरेका छौँ', उनले भने, 'किसानलाई बगरखेतीप्रतिको मोह बढाउनका लागि यस कार्यले मद्दत पुर्‍याउने छ।'

images
images

बगर खेतीमा संलग्न परिवारको आयस्तरमा वृद्धि गर्नका लागि बगरखेतीमा अनुदान दिइएको वडा अध्यक्ष साउदको भनाइ थियो। उनका अनुसार नगरपालिकाको कृषि विकास शाखाले बगरखेतीमा संलग्न किसानलाई बीउबिजन र प्रविधिमा सहयोग पुर्‍याउँदै आएको छ।

images
images

बगरखेतीमा संलग्न किसान धीरेन्द्र रानाले वडा कार्यालयबाट विगतमा पनि सहयोग हुँदै आएको चर्चा गर्दै मलखाद अनुदानमा उपलव्ध गराएर खेती गर्ने किसानको हौसला बढाउनमा मद्दत पुगेको बताए। 'बगरमा तरकारी उत्पादन गर्न जसरी सहयोग हुँदै आएको छ त्यसैगरी बजार प्रवर्द्धनमा सहयोग गर्नका लागि वडा कार्यालयलाई आग्रह गर्दछु', उनले भने।

बगरखेतीमा मुक्तकमैया परिवारका व्यक्ति बढी संलग्न रहदै आएका छन्। वनहरा नदीको बगरमा मुक्तकमैयाले विगत एक दशकदेखि खेतीलाई निरन्तरता दिँदै आएका छन्।

बगरखेती गरेर मुक्तकमैया परिवारले मौसम (सिजन)मा ६० हजार रूपैयाँदेखि तीन लाख रूपैयाँसम्म आम्दानी लिने गरेका छन्। बगरमा लौका, फर्सि, तरभूजा, काँक्रा लगायतको खेती हुने गरेको छ। यहाँ उत्पादित तरकारी महेन्द्रनगर, धनगढीसहित काठमाडौंसम्म बिक्रीका लागि पुग्ने गरेको छ। मुक्तकमैया परिवारले फुटकर रुपमा वनहरा नदी छेउको पुल नजिकैको सडक छेउमा बसेर तरकारी बिक्री गर्दै आएका छन्। रासस


प्रकाशित : मंगलबार, पुस १० २०८०१७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend