बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

चिसो छल्न बेँसी झर्दै भेडाका बथान

images
मंगलबार, पुस १० २०८०
images
चिसो छल्न बेँसी झर्दै भेडाका बथान
फाइल तस्बिर

भेडाको ऊन निकालेर विभिन्न राडीपाखी, बख्खुलगायत सामग्री बनाउने गरिन्छ। मासु बिक्रीबाट आठ करोड रूपैयाँ आम्दानी हुने गरेको छ।

images
images

लमजुङ- चिसो बढ्न थालेसँगै चैत/वैशाखको गर्मीमा लेक पुगेका दर्जनौँ भेडीगोठका भेडाबाख्रा चिसो छल्न पुनः बेँसी झरेका छन्। गोठालाले चरण क्षेत्रका लागि लेक तथा उच्च हिमाली भेगमा पुर्‍याएका भेडाका बथान यतिबेला बेँसी आइपुगेका हुन्।

images
images
images

जिल्लामा साना ठूला गरेर तीन सयभन्दा बढी घुम्ती भेडीगोठ रहेको भन्दै ती भेडीगोठका भेडा लेकबाट बेँसी आइपुगेका भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेले बताए। उनका अनुसार सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन्।

images
images

ती भेडीगोठका बथान यतिबेला बेँसीका खेत तथा गरामा रहेका छन्। घलेगाउँको भेडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको स्थानीय दीर्घराज घलेले बताए। उनले घलेगाउँमा दुई भेडीगोठ रहेको जनाउँदै दुईवटै गाउँमा आइपुगेका जानकारी दिए। उनका अनुसार दुई भेडीगोठमा एक हजार बढी भेडाबाख्राका बथान रहेका छन्।

images
images

हिमालको काखमै रहेको ठूले लेकमा पुगेर फर्किएको र अब गर्मीयाम सुरु भएपछि मात्र उक्त स्थानतर्फ पुनः भेडीगोठ लैजाने भेडीगोठाला कमल अधिकारीले बताए। बेँसीमा झारिएका भेडाबाख्राका बथानको मल यहाँका खेतबारीमा प्रयोग हुने उहाँको भनाइ थियो।

त्यस्तै कास्कीको सिमानाडाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला केहीे क्युबे-ल्हेदे हुँदै भेडीगोठ पस गाउँमै आइपुगेको छ। जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यसअघि थुर्जुलेक पुगेकामा अहिले ठूलागी हुँदै गाउँसम्मै आइपुगको बताइएको छ।  विषेशगरी गुरुङ समुदायको पूर्खौँली चलन तथा पेसाका रुपमा भेडीगोठलाई लिइन्छ।

भेडीगोठ बर्सेनि छ महिना लेक र छ महिना बेँसीमा राख्ने गर्दछन्। लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काख लगायतका ठाउँसम्म पुग्ने गरेको भेडी गोठालाको भनाइ थियो। पसगाउँको भेडीगोठ लमजुङ र कास्कीको सिमानाडाँडा तिङ्जेमा पुग्ने गर्दछन् । 

उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेडीगोठ लके थुर्जु पुग्ने गरेका छन्। बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने भेडाको ऊन निकालेर विभिन्न राडीपाखी, बख्खुलगायत सामग्री बनाउने गरिन्छ। जिल्लाभर २३ हजार भेडाबाख्रा रहेका भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। वार्षिक १० हजार केजी ऊन निस्कने र ऊनको प्रतिकेजी तीन सय रूपैयाँ मूल्य पर्ने गर्दछ।

वार्षिक एक सय ६० मेट्रिक टन भेडाको मासु उत्पादन हुने केन्द्रका प्रमुख डा न्यौपानेले जानकारी दिए। उनका अनुसार मासु बिक्रीबाट आठ करोड रूपैयाँ आम्दानी हुने गरेको छ। वार्षिक घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु एक सय २० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार दुई सय मेट्रिक टन मासु उत्पादन हुँदा ६० करोड रूपैयाँ आम्दानी हुँदै आएको उनले जानकारी दिए।

जिल्लामा यतिका सङ्ख्यामा आम्दानी हुँदै आए तापनि पछिल्लो पुस्ताको बेवास्ता हुँदा परम्परागत रुपमा रहेको भेडीगोठ नै लोपहुने अवस्थामा पुग्न थालेको छ। जिल्लामा रहेको अधिकांश गुरुङ बस्तीका समुदायमा अझै पनि भेडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री वितरण गर्ने तथा प्रयोग गर्ने प्रचलन कायम छ। रासस


प्रकाशित : मंगलबार, पुस १० २०८०१५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend